Successfully Copied

यो समरका लागि क्याजुअल वेयर

कामकाजीहरू कटन तथा लिनेन फेब्रिकको सर्टका साथ लुज लेनिन पाइन्ट लगाउन सक्छन् भने लाइट वेट लेनिन ज्याकेट पनि लगाउन सकिन्छ । यसले घामको किरणबाट जोगाउनुका साथै स्टाइलिस्ट लुक्ससमेत दिन्छ । अफिसमा ट्रेडिसनल आउटफिट लगाउनेहरूका लागि कटनको साडी, कटनकै लंग कुर्ती र प्लाजो, कुर्ती

कटन टिसर्ट, सर्ट ड्रेस, फ्लेयर्ड टाउजर, टेक्सचर्ड ज्याकेट, ए लाइन स्कर्ट आदि अहिले डेली वेयरमा बढी चलिरहेका छन् । पार्टी वेयरमा सोल्डर कट, बन सोल्डर, हाफ सोल्डर सर्ट ड्रेस, लंग वान पिस, गाउन आदि लगाउन सकिन्छ । विवाह तथा पारिवारिक जमघटमा लेबेन्डर, ओलिभ ग्रिन, पिचजस्ता पेस्टल कलरका लेहेंगा चोली, साडी, ट्रेडिसनल टच गाउन आदि उपयुक्त हुन्छन् ।

कामकाजीहरूका लागि

कामकाजीहरू कटन तथा लिनेन फेब्रिकको सर्टका साथ लुज लेनिन पाइन्ट लगाउन सक्छन् भने लाइट वेट लेनिन ज्याकेट पनि लगाउन सकिन्छ । यसले घामको किरणबाट जोगाउनुका साथै स्टाइलिस्ट लुक्ससमेत दिन्छ । अफिसमा ट्रेडिसनल आउटफिट लगाउनेहरूका लागि कटनको साडी, कटनकै लंग कुर्ती र प्लाजो, कुर्ती अनि पाइन्ट उपयुक्त हुन्छ । कटनको छोटो स्कर्ट, सिफन वा जर्जेटको लंग गाउन, वान पिस, सिफन वा जर्जेटको सारी, अनारकल्ली फ्लोर लेन्थ गाउन, कटनको स्मार्ट कुर्ती आदि लगाएर फेसनेबल देखिन सकिन्छ ।

सफ्ट कलर

 गर्मीमा सेतो रंगका आउटफिट लगाउनु उपयुक्त हुन्छ । गर्मीमा सेतो रंगले राहत प्रदान गर्नुका साथै आँखालाई समेत आनन्द दिन्छ । सेतो रंगका साथमा बेबी पिंक, एल्लो, अरेञ्ज, एक्वा, सी ग्रिन ब्लु, रेड आदिको मिक्स पनि राम्रो देखिन्छ । त्यसैले सेतो रंगको कपडा किन्दा सफ्ट फेब्रिक नै छान्नुपर्छ । समरमा डे वेयरका लागि सेतो, क्रिम, एक्वा, सी ग्रिन, लेमन एल्लोजस्ता सफ्ट कलरका पहिरनले सुन्दर देखाउनुका साथै शीतलता पनि प्रदान गर्छन् ।

इभिनिङ वेयर्स

इभिनिङ वेयरमा ब्राइट कलर प्रयोग गर्न सकिन्छ । इभिनिङ पार्टीमा अरेञ्ज, रेड, मिड नाइट ब्लुजस्ता कलरका साडी, गाउन, लंग कुर्ती विथ निलेन्थ पाइन्ट आदि लगाउन सकिन्छ । प्लेन साडीमा फ्लावर प्रिन्ट लाइक्रा ब्लाउजमा डाइमन्डको सेट लगाउँदा एलिगेन्ट लुक्स प्राप्त हुन्छ । त्यस्तै फ्लावर प्रिन्ट साडीमा प्लेन ब्लाउजका साथ मोतीको सेट पनि परफेक्ट साबित हुन्छ ।

ब्राइडल वेयर्स

विवाहको दिउँसोको कार्यक्रममा रेड तथा पिंक कलरमा सजिलो हुने लेहेंगा, ब्राइडल गाउन वा साडी लगाउन सकिन्छ । विवाहका लागि कपडा किन्दा आउटफिटको बजन धेरै नहोस् भन्ने कुरामा ध्यान पुर्‍यानुपर्छ । समरको विवाहका लागि हेबी इम्ब्रोडरी नभएको हल्का ह्यान्ड इम्ब्रोडरीलाई प्राथमिकता दिनुपर्छ । रातिको कार्यक्रमका लागि ब्राइट कलर तथा हेबी इम्ब्रोडरी गरिएका आउटफिट उपयुक्त हुन्छन् । बनारसी साडीलाई फ्युजन गर्न मुजामा र आँचलमा बनारसी फेब्रिक प्रयोग गरी अरू भागमा जर्जेट राखी हल्का र फरकपन दिन सकिन्छ । समरमा सकभर भेल्भेटका लेहेंगा बनाउनु हुँदैन भने साटन, सिल्क वा नेटको डिजाइनर लेहेंगा अनुकुल हुन्छ ।

टिनएजर समर लुक्स

जिन्समा प्लेन ह्वाइट टप्स टपिङ गरी माथिबाट प्रिन्टेड समर ज्याकेट लगाउन सकिन्छ । माइक्रोसर्ट ड्रेस, स्कर्टमा फ्लोरल प्रिन्ट सर्ट, रक्की पाइन्ट, रक्की हाफ पाइन्ट, रक्की स्कर्ट फेसनमा भित्रिएको छ । जेब्रा प्रिन्टका पहिरनहरू, स्कर्ट तथा वान पिस पनि यसपटक लोकप्रिय छन् । यसपटक हट पाइन्ट, अफ सोल्जर टप्स, ए लाइन तथा फ्लेयर भएका निलेन्थका वान पिस पनि फेसनमा छन् । टिनएजरहरूका लागि टुपिस स्कर्ट तथा टप्स पनि चलिरहेका छन् । यो उमेरकाले बढी फ्लेयर भएको टप्स तथा स्कर्ट रुचाइरहेका छन् भने रफल्स टप्स, स्कर्ट, रफल्स टप्स र हाफ पाइन्ट पनि फेसनमा देखिन्छन् ।

 

 Image