Successfully Copied

चकलेटचिप आइसक्रिम

पिनट बटर र बनाना आइसक्रिम डेरी फ्री डेजर्ट हो । यसलार्ई कुनै पनि समय बनाएर डेजर्टका रूपमा खान सकिन्छ, जसलार्ई क्यालोरीको चिन्ता छ उनीहरुका लागि पनि यो डेजर्ट परफेक्ट हुन्छ । यो आइसक्रिममा अरू आइसक्रिमको तुलनामा आधा मात्र क्यालरी हुन्छ । यो आइसक्रिम

सामग्री : दूध साढे २ कप, भेनिला कस्टर्ड पाउडर ३ चम्चा, क्रिम १ कप, चिनी १ सय ५० ग्राम, टुक्रा पारिएको चकलेट आधा कप ।

विधि : दूधलार्ई उमाल्ने अनि चिनी मिसाएर चिसो बनाउने । आधा कप दूधमा कस्टर्ड पाउडर मिसाउने । कस्टर्ड चिसो भएपछि क्रिम तथा १ चम्चा चकलेटका टुक्रा हाल्ने । यसलार्ई राम्रोसँग फिटेर मिक्स गर्ने । यो मिक्सलार्ई चकलेटका बाँकी टुक्राहरूसँग मिसाई एयर टाइट बट्टामा भरेर फ्रिजमा जम्न दिने अनि एक घन्टापछि निकाली फिटेर फेरि जम्न दिने । चार– पाँच घन्टापछि आइसक्रिम जमेर तयार हुन्छ ।

पिनट बटर र

 बनाना आइसक्रिम

पिनट बटर र बनाना आइसक्रिम डेरी फ्री डेजर्ट हो । यसलार्ई कुनै पनि समय बनाएर डेजर्टका रूपमा खान सकिन्छ, जसलार्ई क्यालोरीको चिन्ता छ उनीहरुका लागि पनि यो डेजर्ट परफेक्ट हुन्छ । यो आइसक्रिममा अरू आइसक्रिमको तुलनामा आधा मात्र क्यालरी हुन्छ । यो आइसक्रिम बनाउन ३ वटा सामग्री मात्र चाहिन्छ ।

सामग्री : पिनट बटर, भुटेको पिनट ३ चम्चा तथा ५ वटा केरा ।

विधि : केरालार्ई काटेर पिनट बटरसंगै फ्रुट मिक्सरमा ब्लेन्ड गर्ने । स्मुथ र क्रिमी नहुञ्जेलसम्म मिक्स गरिरहने । मिश्रणलार्ई दुई घन्टाजति राख्ने । मिश्रण जमेपछि निकाल्ने । यति सजिलैसँग पिनट बटर र बनाना आइसक्रिम तयार हुन्छ । यसलार्ई निकाल्न आइसक्रिम स्कुप प्रयोग गर्नुपर्छ । सर्भ गर्दा भुटेको पिनटले सजाएर सर्भ गर्ने ।

 Image