Successfully Copied

योङ अचिभर सुष्मा रानामगर

हरेक ट्याटु अर्थपूर्ण हुन्छन् जसले खोप्ने व्यक्तिको स्वभाव र चरित्र झल्काउँछ । अहिले जापनिज आर्ट, देवीदेवताका चित्र, गुलाब, पुतली तथा एञ्जल अंकित ट्याटु खोपाउनेहरू बढी छन् । ब्युटिसियन डिभा शीर्षकको ब्युटी प्याजेन्टको सेकेन्ड रनरअप सुष्मा बाल्यकालदेखि नै बास्केटबल तथा टेबल टेनिस खेल्थिन् ।

युवाहरू परिवर्तनका संवाहक हुन् । युवा मुलुकका कर्णधार हुन् । युवाहरू राष्ट्रनिर्माणका खम्बा हुन् । युवाहरूमा अतुलनीय तथा अद्वितीय क्षमता हुन्छ जसको आँकलन गर्न हम्मे–हम्मे पर्छ । युवाशक्तिका अघि ब्रह्माण्डमा विद्यमान अन्य ठूला शक्तिले समेत पराजय भोग्नुपरेका उदाहरण थुप्रै छन् । आफूभित्रको क्षमता प्रस्फुटन गरी त्यसलाई प्रस्तुत गर्ने युवाहरू स्वयं चाहिँ के चाहन्छन् ? यो जवाफ खोज्नुपर्ने प्रश्न भएको छ ।

यसमा युवाहरू स्वयंसमेत द्विविधामा छन् । बर्सेनि ठूलो संख्यामा युवाहरू अध्ययन एवं रोजगारीका लागि बिदेसिने गरेका छन्, जसले युवा क्षमता, सीप र शक्तिको कित्ताकाट गरिदिएको छ । जुन कुराले मुलुक सिञ्चित गर्नुपर्ने हो ती चीज बाहिरिएका छन् । यद्यपि कतिपय युवा यस्ता पनि छन् जो विदेशमा पढाइ, सीप एवं दक्षता हासिल गरी स्वदेश फर्किएर आफूजस्ता अन्य युवाका लागि प्रेरणा बनिरहेका छन् ,कम उमेरमै ठूलो उडान भर्न सफल छन् ।

 विख्यात विद्वान् जोन उडेन भन्छन्– युवाहरू उपयुक्त ढाँचा चाहन्छन्, आलोचना होइन । यसले के प्रस्ट्याउँछ भने युवाहरू अघि बढ्न उत्प्रेरणा चाहन्छन्, रिवार्ड चाहन्छन् । पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । युवाहरू ती हुन् जसले जीवन सुन्दर देख्ने चाहना राख्छन्, जो आफूमा यस्तै सुन्दरता देख्ने खुबी राख्छन् उनीहरू कहिल्यै बूढा हँुदैनन्–फ्रान्ज काफ्काको यो भनाइ निकै मर्मस्पर्शी छ ।

नेपाली समाजमा पनि कम उमेरमै उदाहरणीय बनेका यस्ता महिलाहरू छन् जसले पृथक् क्षेत्रमार्फत आफूलाई स्थापित गर्ने मात्र नभएर थुप्रैलाई रोजगारसमेत प्रदान गरी मुलुकको समृद्धिको सुरुवात गरिसकेका छन् ।

सुष्मा रानामगर

ट्याटु आर्टिस्ट तथा ब्युटिसियन

२१ वर्षीया ट्याटु आर्टिस्ट शुष्मा राना मगर बिग्रिएकाहरूले मात्र ट्याटु खोप्छन् भन्ने अवधारणामा परिवर्तन ल्याउन लागेको आधा दशकभन्दा बढी भयो । अहिले त्यो सोचमा ठूलो परिवर्तन आइसकेको उनको अनुभव छ । हिजोका दिनमा ट्याटु खोप्ने–खोपाउनेहरुलाई त्यति राम्रो मानिँदैनथ्यो । आज अभिभावकहरू नै आफ्ना छोराछोरी लिएर ट्याटु खोपाउन आउँछन् । सुष्मा भन्छिन्–ट्याटु एउटा अद्भुत कला हो, यो शरीरमा खोपाउन बलियो आत्मविश्वास चाहिन्छ । यो एउटा यस्तो पुँजी हो जुन मर्दा सँगै लिएर गइन्छ ।

हरेक ट्याटु अर्थपूर्ण हुन्छन् जसले खोप्ने व्यक्तिको स्वभाव र चरित्र झल्काउँछ । अहिले जापनिज आर्ट, देवीदेवताका चित्र, गुलाब, पुतली तथा एञ्जल अंकित ट्याटु खोपाउनेहरू बढी छन् ।

ब्युटिसियन डिभा शीर्षकको ब्युटी प्याजेन्टको सेकेन्ड रनरअप सुष्मा बाल्यकालदेखि नै बास्केटबल तथा टेबल टेनिस खेल्थिन् । युवाहरूलाई विश्वास गरेको खण्डमा परिवार र समाज मात्र नभएर देश नै बदल्न सकिन्छ भन्ने तर्क गर्ने सुष्मा सरकारले पनि यस्ता क्षेत्रमा नवीन प्रविधि भित्र्याउने र एड्भान्स तालिममा अलिकति मात्र सहयोग गर्ने हो भने यस्ता नौला क्षेत्र विस्तार हुँदै जाने र थुप्रै युवाले रोजगारी पाउने तर्क गर्छिन् ।

नेपालमा धेरै सम्भावना र स्कोप छ उनले भनिन्–मात्र सरकारको युवामैत्री नीति र सहयोगको वातावरण चाहिन्छ । युवाहरूलाई प्रेरणा पनि चाहिएको छ, उनीहरूलाई होच्याएको मन पर्दैन र सहँदैनन् पनि । सुष्मामा भएको अर्को क्षमता ब्युटिसियन कला हो । उनी यो क्षेत्रमा युवा सहभागिता बढाउन विभिन्न तालिम तथा कार्यशालासमेत संचालन गरिरहन्छिन् । उनको ब्ल्याक एण्ड ग्रे ट्याटु स्टुडियोमा ट्याटु आर्ट सम्बन्धी तालिमसमेत प्रदान गरिन्छ ।

फरक क्षेत्रमा युवालाई स्थापित गर्न

फरक क्षेत्र मानिसहरूले झट्ट पत्याइहाल्ने प्रकृतिका हुँदैनन् । यस्ता काममा स्थापित हुन सर्वप्रथम त आफैंमा दरिलो विश्वास हुनुपर्छ । त्यसपछि पारिवारिक विश्वास र सहयोग चाहिन्छ । मुख्य कुरा हामी आफूले आफैंलाई प्रमाणित गर्न सक्नुपर्छ अनि मात्र मानिसहरू हो रहेछ भनेर हाम्रो पक्षमा आउँछन् । सरकारले पनि हाम्रो काम र परिणाम मनन गर्दै सकारात्मक नीति एवं वातावरण बनाइदिनुपर्छ ।

 Image