Successfully Copied

उपयोगी बेसन

सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।

-    बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।

-    सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।

-    सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी बेसार मिसाइएको पेस्ट लगाउँदा छाला नरम हुन्छ ।

-    बेसनमा काँक्राको रस तथा गुलाब जल मिसाएर छालामा लगाउँदा छाला सफा तथा स्वस्थ हुनुका साथै चाउरी पनि कम हुन्छ ।

- बेसनमा कागती, दही तथा बेसार मिसाएर छालामा लगाई २० मिनेटपछि चिसो पानीले धुने । यसबाट छालामा चमक पैदा हुनुका साथै घामको दुष्प्रभावबाट पनि मुक्ति मिल्छ ।

 Image