Successfully Copied

बालबालिकाहरूलाई होमवर्क गराउँदा

होमवर्क गर्न ढिलाइ गर्नेबित्तिकै आमाहरू बालबालिकालाई हप्काउन थाल्छन् । सजिलैसँग नानीहरूलाई होमवर्क गराउने हो भने उनीहरूका लागि पढ्ने स्थानको उचित व्यवस्था मिलाइदिनुपर्छ । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् । उनीहरू आफैं पढ्न तथा सकारात्मक कार्यप्रति उत्प्रेरित हुनसक्छन् ।

होमवर्क गराउने काम पनि एक प्रकारको कला भएकाले यो चुनौती नै हो । कार्टुन, गेम तथा विविध एप्सले गर्दा बालबालिकाहरूलाई होमवर्क गराउनु पनि समस्या नै बनेको पाइन्छ ।

बालबालिकाहरूलाई समयअनुसार काम गर्न सिकाउनुपर्छ । यसो गर्दा उनीहरू हरेक क्रियाकलाप समयमै गर्न उत्साहित हुन्छन् । विद्यालयबाट होमवर्क दिइएको छैन भने पनि उनीहरूलाई कथा तथा कविताका किताब पढ्न दिन सकिन्छ ।

होमवर्क गर्न ढिलाइ गर्नेबित्तिकै आमाहरू बालबालिकालाई हप्काउन थाल्छन् । सजिलैसँग नानीहरूलाई होमवर्क गराउने हो भने उनीहरूका लागि पढ्ने स्थानको उचित व्यवस्था मिलाइदिनुपर्छ । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् । उनीहरू आफैं पढ्न तथा सकारात्मक कार्यप्रति उत्प्रेरित हुनसक्छन् ।

बालबालिकाहरुलाई अध्यापनको समयमा आफूलाइ पनि पढाइमा व्यस्त राख्नुपर्छ । उनीहरूलाई अध्यापन गराउँदा आफूले खाना बनाउने, गफ गर्ने, टिभी हेर्ने, फोनमा कुराकानी गरी अल्झदा उनीहरुलाई पनि पढ्न मन लाग्दैन । आफू अगाडि बसेर अध्यापन गराउँदा नानीहरूले पढाइमा पूरा ध्यान लगाउँछन् ।

 Image