Successfully Copied

अष्ट्रेलियामा अन्जुलाई वान्स मोर

गायिका अन्जु पन्त स्टेजमा पुगेर गला खोल्ने बितिक्कै दर्शक होहल्ला गर्न थाले । केही युवाले ‘आइ लभ यु अन्जु’ भन्दै हुटिङ गरेपछि कार्यक्रमको माहौल तातियो ।

गायिका अन्जु पन्त स्टेजमा पुगेर गला खोल्ने बितिक्कै दर्शक होहल्ला गर्न थाले । केही युवाले ‘आइ लभ यु अन्जु’ भन्दै हुटिङ गरेपछि कार्यक्रमको माहौल तातियो ।

आईतबार राती टेक्सस ड्यालसको तारे होटल शेराटनमा आयोजीत नेपल्जि अमेरिकन कन्भेन्सन  कार्यक्रममा उनले नेपाली दर्शकलाई आफुसँग नचाईन । उनको  गीतमा दर्शक उफरिएपछि आयोजनकलाई भिड धान्न समेत हम्मे परेको थियो । सुर्के थैली खै, छुकछुक गर्ने रेल गीतमा दर्शकले उनलाई गाउदै र नाच्दै साथ दिएका थिए । उनले लोकप्रिय गीत नबिर्से तिमीलाई, माईतीघर लगायतका गीत गाएकी थिईन् ।

विशेष आकर्षण बनेकी अन्जुका साथमा गायक जाङबु शेर्पाले पनि आफनो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन दिए । कार्यक्रममा स्थानिय कलाकारको समेत सहभागीता रहेको थियो । दुई दिन सम्म चलेको कार्यक्रममा अष्ट्रेलियामा सय धनी सुचीमा परेका शेष घले र जमुना घलेले आफना अनुभवहरु सुनाएका थिए ।

                                                            

 Image