Successfully Copied

खाना निल्ने नलीको प्रेसर नाप्ने नयाँ प्रविधि

विशेषज्ञहरूका अनुसार धेरै खुसी हुनु मुटुका लागि खतराको संकेत हो । सरप्राइज, जन्मदिन पार्टी, परिवारमा नयाँ सदस्य आगमनको खुसी, काममा प्रमोसन आदिमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या सिर्जना हुन सक्ने विज्ञहरूले बताएका छन् । यो समस्यालाई ‘ह्याप्पी हार्ट सिन्ड्रम’को संज्ञा दिइएको छ

नेपालमा पहिलोपटक खाना निल्ने नलीको प्रेसर नाप्ने नयाँ प्रविधि (इसोफजियल म्यानोमेट्री) भित्रिएको छ । यो प्रविधि गत महिनादेखिवीर अस्पतालमासंचालनमा आएको हो । मुटुको पीडा तथा छाती कस्सिएर दुख्ने समस्याका कारण धेरै बिरामी मुटु रोग विशेषज्ञकहाँ पुग्छन् तर जाँच गर्दा मुटु रोग लागेको देखिँदैन । यो प्रविधिले खाना खाने नलीको समस्याका कारण हुने पीडा पत्ता लगाउनेछ । चिकित्सकहरूका अनुसार यो समस्या खाना खाने नलीको प्रेसर तथा एसिडका कारण हुनसक्छ । यसले खाना निल्ने नलीको प्रेसर नाप्नुका साथै एसिडको मात्रा समेत पत्ता लगाउँछ । नेपालमा यो प्रविधि वीर अस्पतालमा मात्र भएको बताइएको छ ।

धेरै खुसी हुनु पनि खतरा

विशेषज्ञहरूका अनुसार धेरै खुसी हुनु मुटुका लागि खतराको संकेत हो । सरप्राइज, जन्मदिन पार्टी, परिवारमा नयाँ सदस्य आगमनको खुसी, काममा प्रमोसन आदिमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या सिर्जना हुन सक्ने विज्ञहरूले बताएका छन् । यो समस्यालाई ‘ह्याप्पी हार्ट सिन्ड्रम’को संज्ञा दिइएको छ । परिवारका सदस्य गुमाउँदा वा अन्य कारणले दु:खी हुँदा शरीरमा

‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्तिन सक्छ, जसले हार्ट एट्याक भै मृत्युको मुखसम्म पुर्‍याउन सक्छ ।

विशेषज्ञहरूका अनुसार ब्रोकन हार्ट सिन्ड्रोम जस्तै ह्याप्पी हार्ट सिन्ड्रोम पनि घातक हुन सक्छ । युनिभर्सिटी हस्पिटल जुरिचका चिकित्सकहरूले उक्त कुरा पत्ता लगाएका हुन् । यसमा धेरैजसो मुटुको समस्या डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो भने २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, विवाह, बच्चाको जन्मदिन आदिमा बढी खुसी भएका कारणले सिर्जना भएको देखियो । चिकित्सकहरूका अनुसार मुटुको अवस्था परीक्षण गर्दा अबदेखि यो समस्या खुसीका कारणले पनि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्नु जरुरी छ ।

लाभदायी चुकन्दर

चुकन्दरमा आइरन, फोलिक एसिड, नाइट्रेड, क्याल्सियम, सिलिकन, फाइबर तथा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । यसको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन भने पेट समेत ठीक रहन्छ । यसले रक्तसंचारलाई सुचारु गर्दै हड्डी पनि बलियो बनाउँछ ।

 Image