Successfully Copied

चिटिक्क करेसाबारी

रोप्न तयार भएको बिरुवा नर्सरीबाट ल्याएर भुइँ वा गमलामा रोप्न सकिन्छ । डेढदेखि दुई फिटसम्मको दूरीमा बिरुवा रोप्नु उपयुक्त हुन्छ । बिरुवा हुर्कंदै गएपछि त्यसलाई सहारा दिन काठको बार लगाउनुपर्छ ।

घरमा भएको सानो बगैँचामा तरकारी, फलफूल फलाउनुको मज्जा बेग्लै हुन्छ । बगैँचाको आकर्षण बढाउन विभिन्न जातका तरकारी एवं फलफूल आदि रोप्न सकिन्छ । तरकारी वा फलफूल रोप्दा मौसम तथा बगैँचाको क्षेत्रफललाई पनि ध्यानमा राख्नुपर्छ । आफ्नो बगैँचामा यस्ता बिरुवा लगाए घरको आकर्षण बढ्नुका साथै स्वच्छ तरकारी पनि खान पाइन्छ :

गोलभेंडा : रोप्न तयार भएको बिरुवा नर्सरीबाट ल्याएर भुइँ वा गमलामा रोप्न सकिन्छ । डेढदेखि दुई फिटसम्मको दूरीमा बिरुवा रोप्नु उपयुक्त हुन्छ । बिरुवा हुर्कंदै गएपछि त्यसलाई सहारा दिन काठको बार लगाउनुपर्छ ।

रामतोरिया : जमिन अथवा ठूलो गमलामा नर्सरीबाट ल्याइएको बिरुवा रोप्नुपर्छ । लाइनबाट लाइनको दूरी तीन फिट तथा बिरुवाबीचको फरक डेढ फिट हुनुपर्छ ।

भेँडे खुर्सानी : भेंडे खोर्सानी रोप्ने उपयुक्त मौसम असार–साउन हो । भेँडेखुर्सानीलाई क्यारी बनाई भुइँ अथवा गमलामा रोप्न सकिन्छ जसको दूरी डेढदेखि दुई फिटसम्म हुनुपर्छ ।

काँक्रो : ५–६ वटा काँक्रोको बीउ रोप्ने । ठूलो भएपछि तीनवटा बिरुवा मात्र राख्ने र बाँकी हटाउने । काँक्रोको बीउ ५ देखि ६ इन्चको दूरीमा रोप्नु उपयुक्त हुन्छ ।

भान्टा : एउटा गमलामा एउटा मात्र बिरुवा रोप्नुपर्छ । भुइँमा रोप्दा लाइनबाट लाइन तथा बिरुवाबाट बिरुवाको दूरी डेढदेखि दुई फिटसम्म हुनुपर्छ ।

मेवा : घरको आँगन अथवा घरबारी ठूलो छ भने मेवाको बिरुवा जमिनमा रोप्नुपर्छ । ठूलो गमलामा पनि मेवा रोप्न सकिन्छ । एउटा गमलामा एउटा मात्र मेवाको बोट रोप्नुपर्छ ।

सूर्यमुखी : १० फिटसम्म अग्लो हुने यो फूल निकै आकर्षक देखिन्छ । यसको लामो तथा छोटो गरी दुई प्रजाति उपलब्ध छन् । लामोको तुलनामा छोटो प्रजातिको सूर्यमुखीमा धेरै फूल फूल्छ ।

 Image