Successfully Copied

घरपालुवाका आपत्कालीन समस्या

घरपालुवाको श्वासप्रश्वासमा समस्या भए समयमै उपचार गराउनु आवश्यक छ । यसको कारण छिटोछिटो सास फेर्नु, सास फेर्न गाह्रो हुनु, निमोनिया, मुटुसम्बन्धी समस्या, मुटुमा जुका, रगतको कमी आदि हुनसक्छन् ।

प्राय:जसो घरपालुवाले जीवनमा आपत्कालीन स्वास्थ्य समस्या सामना गरेका हुन्छन् । केही आपत्कालीन समस्या यस्ता हुन्छन् जसमा सक्दो छिटो चिकित्सकसँग सम्पर्क गरी आवश्यक उपचार नगरे घरपालुवाको

ज्यानै जानसक्छ ।

श्वासप्रश्वासमा समस्या

घरपालुवाको श्वासप्रश्वासमा समस्या भए समयमै उपचार गराउनु आवश्यक छ । यसको कारण छिटोछिटो सास फेर्नु, सास फेर्न गाह्रो हुनु, निमोनिया, मुटुसम्बन्धी समस्या, मुटुमा जुका, रगतको कमी आदि हुनसक्छन् ।

 

बान्ता तथा पखाला

घरपालुवामा बान्ता र पखाला एकैपटक हुँदा समस्या गम्भीर हुनसक्छ । आन्द्रा प्यानक्रियाज तथा अन्य समस्याले गर्दा हुने यस्ता समस्या खतरनाक साबित हुनसक्छन् ।

दिसा–पिसाब गर्न नसक्नु

घरपालुवाले ७–८ घन्टासम्म दिसा–पिसाब गर्न सकेको छैन भने दिसा–पिसाब गर्न नसक्नुको कारण पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ सामान्यदेखि गम्भीर समस्याले पनि यस्तो स्थिति उत्पन्न हुनसक्छ ।

रगत बग्नु

चोटपटक लागेर रगत बग्नु अथवा अरु कुनै समस्याले गर्दा नाक, मुख एवं शरीरका अन्य भागबाट रगत बग्नु खतरनाक हुनसक्छ ।

पेट फुल्नु अथवा सुन्निनु

घरपालुवाको पेट फुल्नु असामान्य मानिन्छ । घरपालुवाको पेट ठूलो आकारमा बढ्दै जानु अथवा फुल्दै जानुको पछाडि आन्द्रासम्बन्धी समस्या कारक हुनसक्छ । यसमा सक्दो छिटो उपचार नगरिए घरपालुवाको ज्यानै जानसक्छ । कहिलेकाहीँ पेटमा पानी जमेको वा ग्यास जम्मा भएको हुनसक्छ ।

खाना नखानु

घरपालुवाले कहिलेकाहीँ खाना नखानुलाई सामान्य रूपमा लिइन्छ । दुई दिनभन्दा बढी खाना नखानुलाई घरपालुवा बिरामी हुन लागेको संकेतका रूपमा लिन सकिन्छ । खाना नखानुका प्रमुख कारणमा मुख तथा गिजासम्बन्धी समस्या, भ्याक्सिन लगाउँदा, खानामा परिवर्तन, स्थान परिवर्तन तथा मौसममा परिवर्तन आदि हुनसक्छन् ।

विषालु पदार्थ खाए

घरपालुवाले कहिलेकाहीँ विषालु पदार्थ खानसक्छ । मुसा मार्न प्रयोगमा ल्याइने औषधि, फिनाइल, बगैंचामा प्रयोग हुने मल तथा अन्य केही विषालु पदार्थ खाँदा मुखबाट र्‍याल निकाल्ने, छटपटाउने, बान्ता गर्ने, रगत बग्नेजस्ता लक्षण देखिए सक्दो चाँडो पशुचिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

छारे रोगको शंका लागे

घरपालुवामा छारे रोग कहिलेकाहीँ विषालु पदार्थ खाएको लक्षणसँग मिल्दोजुल्दो हुन्छ । मूर्छा पर्ने, काम्ने, र्‍याल काढ्ने, उभिन नसक्ने, हातखुट्टा तन्काउने आदि लक्षण यी दुवै समस्यामा देखिन्छन् तर छारे रोगमा केही समयपछि घरपालुवा फेरि सामान्य अवस्थामा फर्कन्छ ।

उभिन र हिँड्न नसक्नु

हिँड्न तथा उभिन नसक्नुका पछाडि नसा, मस्तिष्क तथा मुटुसम्बन्धी समस्या वा अन्य कुनै ठूलो समस्याका कारण हुनसक्छ । रगत एवं ग्लुकोजको कमी तथा हड्डीसम्बन्धी समस्याले पनि यस्तो हुनसक्छ । घरपालुवाका समस्या समयमै पहिचान गरी रोग निदानतर्फ लागे उनीहरूको ज्यान जोगाउन सकिन्छ ।

                                                                  एडभान्स्ड पेट हस्पिटल,

                                                                  विशालनगर, काठमाडौं

 Image