Successfully Copied

विशेष उद्यमी पुरस्कार

सिलाईको कामबाट यो व्यवसायमा हात हालेकी उनले सन् २०११ मा बंगलादेश जाने अवसर प्राप्त गरिन् । त्यहाँ घुम्ने क्रममा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरु प्रशस्त देखिन् । क्रिष्टलबाट सामान बनाउने तरिका उनले त्यहीँ सिकिन् । नेपाल फर्केर उनले यसैलाई ब्यवसाय बनाइन् ।

‘युनिक क्रिस्टल हस्तकला उद्योग’की कमला सुवेदीलाई यस वर्षको ‘विशेष उद्यमी पुरस्कार’ प्रदान गरिएको छ । देशभरका ३३ हजार बढी महिलालाई हस्तकला सम्बन्धि सिप सिकाईसकेकी सुवेदीलाई घरेलु तथा साना उद्योग विकास समितिले उक्त पुरस्कारद्धारा सम्मान गरेको हो । राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा २० हजार नगद सहित उनले यो पुरस्कार प्राप्त गरेकी हुन् । पुरस्कार नेपाल चेम्बर अफ कमर्शले प्रायोजन गरेको थियो ।

चैत ९ देखि १४ गतेसम्म भएको प्रदर्शनीमा हेटौंडामा रहेको सुवेदीको ‘युनिक क्रिस्टल हस्तकला उद्योग’ले आफ्ना वस्तु प्रदर्शन गरेको थियो । सुवेदीले यसअघि सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही ब्यवसायबाट प्राप्त गरिसकेकी छिन् । उनको उद्योगले बिशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामान उत्पादन गर्दै आइरेहको छ । सुवेदीद्धारा सञ्चालित उद्योगले चुरा, टप, विभिन्न प्रकारका माला, पर्सलगायतका सामान उत्पादन तथा यससँग सम्बन्धित सिप प्रदान गर्दै आएको छ । उनले क्रिस्टलका सामान बनाउने बरिष्ठ प्रशिक्षकका रुपमा काम गरिरकेकी छिन् ।बंगलादेशमा क्रिस्टलका गहनालगायतका सामग्री बनाउने सीप सिकेर आएपछि युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर सुरुमा ५० जना महिलालाई क्रिष्टल हस्तकलाका सामान बनाउने तालिम दिएकी उनले देशका विभिन्न स्थानमा पुगेर महिलाहरुलाई यो सिप दिदै आएकी छिन् । उनले अहिलेसम्म नेपालका ६० भन्दा बढी जिल्लामा महिलालाई क्रिस्टलका सामग्री बनाउने तालिम दिइसकेकी छन् ।

सिलाईको कामबाट यो व्यवसायमा हात हालेकी उनले सन् २०११ मा बंगलादेश जाने अवसर प्राप्त गरिन् । त्यहाँ घुम्ने क्रममा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरु प्रशस्त देखिन् । क्रिष्टलबाट सामान बनाउने तरिका उनले त्यहीँ सिकिन् । नेपाल फर्केर उनले यसैलाई ब्यवसाय बनाइन् ।

 Image