Successfully Copied

मिस तामाङ सिम्रन स्याङ्बो

गत साता सम्पन्न मिस तामाङको यो वर्षको उपाधि ठोरी पर्साकी सिम्रन स्याङ्बोले जितेकी छिन् । २७ जना प्रतियोगीलाई पछि पार्दै उनले उक्त प्रतियोगीताको ११ औँ संस्करणको उपाधि जितेकी हुन् । शिर्ष उपाधि जितेसँगै सिम्रनले एक लाख सहित एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बासडर

गत साता सम्पन्न मिस तामाङको यो वर्षको उपाधि ठोरी पर्साकी सिम्रन स्याङ्बोले जितेकी छिन् । २७ जना प्रतियोगीलाई पछि पार्दै उनले उक्त प्रतियोगीताको ११ औँ संस्करणको उपाधि जितेकी हुन् । शिर्ष उपाधि जितेसँगै सिम्रनले एक लाख सहित एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बासडर बन्ने अवसर प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा भिअर च्वाइस अवार्ड सहित नुवाकोटकी रञ्जिता लामा फस्ट रनर अप, फोटोजेनिक अवार्ड सहित काठमाडौंकी कुञ्छान लामा सेकेन्ड रनर अप चयन भएका थिए । यसैगरी ब्युटिफुल स्माइल अवार्ड सहित मकवानपुरकी गीताञ्जली पाख्रिन थर्ड रनर अप तथा फोर्थ रनरअपमा काभ्रेकी अनिशा तामाङ विजेता चयन भएका थिए ।

नेपाल तामाङ कला संस्कृति केन्द्र र एभरेष्ट फेसन होमको संयुक्त आयोजनामा संचालन भएको मिस तामाङ २०१८ मा दर्शकहरुको मतको आधारमा उत्कृष्ट दश चयन गरिएको थियो । दर्शकहरुको मत प्राप्तिका लागि प्रतियोगितालाई श्रृङ्खलाबद्ध रुपमा एपी वन् टेलिभिजनमा तीन श्रृङ्खला प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा ट्यालेन्ट र वेष्ट वाकको विधामा रूपा घिसिङ, पर्सनालिटी र वेष्ट ड्रेस विधामा आशिका बल, फ्रेण्डसिपम नोर्जेन लामा, डिसिप्लीनमा क्रिष्टिना लामा, ब्युटिफुल हेयरमा प्रियंका गोले, वेष्ट स्कीनमा निमा लामा तथा पपुलर विधामा निश्चल योञ्जन विजेताका रुपमा चयन भएका थिए ।

 Image