Successfully Copied

ब्युटिसियन नेपाल शिलाष्मा

सौन्दर्य व्यवसायीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन नेपाल’को चौथौं संस्करणको उपाधि विजेताका रुपमा शिलाष्मा मल्लले ताज पहिरिन सफल भएकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै मल्लले शिर्ष उपाधि जितेकी हुन् ।

सौन्दर्य व्यवसायीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन नेपाल’को चौथौं संस्करणको उपाधि विजेताका रुपमा शिलाष्मा मल्लले ताज पहिरिन सफल भएकी छिन् ।

जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै मल्लले शिर्ष उपाधि जितेकी हुन् । प्रतियोगितामा फस्ट रनर अपका रुपमा सविना चित्रकार घोषित भइन् भने सेकेन्ड रनर अपको स्थानमा बिना श्रेष्ठ विजेता घोषित भइन् ।

अमेजन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा पब्लिक च्वाइस तथा ट्यालेन्ट विधाको अवार्ड पनि मुख्य उपाधि विजेता शिलाष्माले हात पारेकी थिइन् ।

फस्ट रनर अप बनेकी सविना चित्रकारले मोस्ट स्मार्ट र सेकेन्ड रनर अप बनेकी बिना श्रेष्ठले वेष्ट मेहेन्दी आर्टको अवार्ड पनि जितेका थिए ।

प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगितात्मक कार्यक्रम बाहेकी सो आयोजनामा नव प्रवेशी मोडलहरुले कल्पनाज् बुटिक र तेह्रथुमे ढाका बुटिकका कलेक्सनलाई फेसन शो मार्फत् प्रस्तुत गरेका थिए ।

 Image