Successfully Copied

मौसम परिवर्तन हुँदा

राइनो तथा कोरोना भाइरसले मानिसलाई जाडो तथा गर्मी दुवै मौसममा बिरामी बनाउँछ । यो भाइरस धेरै छिटो फैलने भएकाले मानिसहरू छिट्टै यसको सिकार हुन्छन् ।

-    मौसम परिवतर्नसँगै तापक्रममा परिवर्तन आउने भएकाले विभिन्न भाइरस उब्जन्छन् । यसले गर्दा धेरैलाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने तथा थकावट महसुस हुनसक्छ ।

-    राइनो तथा कोरोना भाइरसले मानिसलाई जाडो तथा गर्मी दुवै मौसममा बिरामी बनाउँछ । यो भाइरस धेरै छिटो फैलने भएकाले मानिसहरू छिट्टै यसको सिकार हुन्छन् ।

-    रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस चाँडै यस्ता रोगको सिकार हुन्छन् ।

-    यस्ता समस्याबाट जोगिन आफ्नो दैनिक क्रियाकलाप तथा खानपानमा ध्यान पुर्‍याउनुपर्छ । खानामा भिटामिन सी तथा डीको मात्रा बढाउनुपर्छ । फलफूल एवं तरकारी प्रशस्त मात्रामा खानुपर्छ ।

-    आफ्नो खानामा गेडागुडीको झोल समावेश गर्नुपर्छ । झोल खानेकुरा बढी मात्रामा खानुपर्छ ।

-  बाहिर खुल्ला राखिएका तथा बासी, सडेगलेका खानेकुरा खानु हुँदैन भने नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ ।

 Image