Successfully Copied

महिलाका लागि योग

योगको नाममा उफ्रिनु , दगुर्नु एउटा उमेरसम्म ठीक भए पनि उमेर बढेका र महिलाहरूका लागि ठीक नहुनसक्छ । यसबाट घुँडा खिइने समस्या सिर्जना हुनसक्छ भने महिलाहरूको गर्भाशय आफ्नो ठाउँबाट तल सर्नसक्छ ।

योग कस्तो व्यायाम हो ?

योगजस्तो उत्कृष्ट व्यायाम अरु कुनै छैन । योगले शरीरका साथै मनलाई समेत सुधार्ने काम गर्छ । कसैले योग गर्छ भने ऊ कुनै पनि रोगबाट मुक्त हुनसक्छ ।

योगले शरीरलाई कसरी फाइदा पुर्‍याउँछ ?

शरीरमा रोग मुख्यतया मानसिक कारणले सिर्जना हुन्छ । अहिले हामीले खाइरहेको खाना तथा तनावपूर्ण जीवनका कारण योग सबैका लागि जरुरी भैसकेको छ । सन्तुलन मिलाई योग गर्दा शरीरको पाचन प्रक्रिया, रक्त प्रणाली, श्वासप्रश्वासलगायत सबै सिस्टमलाई फाइदा मिल्छ भने इम्युनिटी पावरसमेत वृद्धि हुन्छ ।

कतिपय योगासनले शरीरलाई हानि पनि पुग्छ ?

योगको नाममा उफ्रिनु , दगुर्नु एउटा उमेरसम्म ठीक भए पनि उमेर बढेका र महिलाहरूका लागि ठीक नहुनसक्छ । यसबाट घुँडा खिइने समस्या सिर्जना हुनसक्छ भने महिलाहरूको गर्भाशय आफ्नो ठाउँबाट तल सर्नसक्छ ।

योगका लागि उमेरको छेकबार छ कि छैन ?

योग सबै उमेरका लागि मात्र होइन सबै किसिमका बिरामीका लागि उत्तिकै उपयुक्त छ । बालबालिका तथा बिरामीहरूका लागि सरल एवं सहज योगासन प्रयोग गरिन्छ ।

योगका लागि सबैभन्दा राम्रो समय कुन हो ?

बिहान खाली पेट सबैभन्दा उत्कृष्ट समय हो । यद्यपि दिउँसो र बेलुका पनि योग गर्न नहुने भन्ने होइन ।

महिलाहरूका लागि योग कति आवश्यक छ ?

भन्ने नै हो भने पुरुषको तुलनामा महिलाका लागि योगको आवश्यकता बढी छ । भान्सामा पकाउँदा पकाउँदै योग गर्न सकिन्छ । महिलाका लागि ध्यान, प्राणायाम, शक्ति साधना, कुण्डलिनी साधना, एकाग्र साधना, ध्वनि चिकित्सा, मन्त्र चिकित्सा आदि जरुरी हुन्छ ।

महिनावारी हुँदा योग गर्न मिल्छ कि मिल्दैन ?

महिनावारीका बेला कठिन व्यायाम गर्न मिल्दैन तर ध्वनि चिकित्सा तथा ध्यान गर्न सकिन्छ । ध्यानले तनाव, डिप्रेसन एवं उग्र मनलाई शान्त बनाउन मद्दत गर्छ ।

गर्भवती महिलाहरूका लागि कुन–कुन आसन उपयुक्त छन् ?

पुरुषको धातुको तथा महिलाको गर्भाशयको शुद्धीकरण गरेपछि मात्र गर्भधारण गर्नु राम्रो मानिन्छ । गर्भधारणको ५ महिनासम्म पेटमा दबाब नपुर्‍याई प्राणायाम, मन्त्र साधना एवं ध्यान गर्नु तथा प्रवचन आदि सुन्नु उपयुक्त हुन्छ । ५ देखि ७ महिनासम्म हल्का प्राणायाम तथा उत्साहजनक प्रवचन सुन्नु फइदाजनक हुन्छ जसले गर्भस्थ शिशुको स्वास्थ्यसमेत राम्रो राख्छ ।

                                                             महामृत्युञ्जय योग केन्द्र

                                                              गौशाला, पिंगलास्थान

 Image