Successfully Copied

नील डेभिड ब्रान्ड एम्बेस्डर

चर्चित भारतीय सौन्दर्य ब्राण्ड ‘ब्रिलेयर साईन्स’को उत्पादन नेपाली बजारमा भित्रिएको छ । डेल्टा मार्केटिङले नेपालमा यसलाई उपलब्ध गराएको छ । यस लोकप्रिय ब्राण्ड ब्रिलेयर साइन्सले नेपालका लागि चर्चित हेयर स्टाइलिस्ट नील डेभिड कटुवाललाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

ब्रिलेयर साइन्सको उत्पादनबारे जानकारी गराउन आयोजित कार्यक्रममा हेयर स्टाइलिस्ट नील डेबिड कटवालले ‘यो उत्पादनको गुणस्तर एकदमै विश्वसनिय भएको’ बताए । ‘म स्वंमले केही समय यसको प्रयोग गरें, जसले राम्रो रिजल्ट दियो’ नीलले भने, ‘यति विश्वसनिय उत्पादनको म खुलेर प्रसंशा गर्छु ।’ आफुले उक्त ब्रान्ड प्रयोग गर्नेदेखि त्यसको प्रशोधन गर्ने स्थानको स्थलगत अवलोकन गरेको बताए ।

ब्रिलेयर साईन्स सत प्रतिशत भेगान प्रमाणित नेचुरल कस्मेटिक्स ब्रान्ड भएको कम्पनीको भनाई छ । यसको कुनै साइट इफेक्ट नभएको ब्रिलेयर साइन्सका इन्टरनेशनल बिजनेस हेड नारायण रेले दावी गरे । उनले भने, ‘यसले छाला तथा केसलाई कुनै किसिमको नकारात्मक असर गर्दैन ।’ डेल्टा मार्के्टिङका निर्देशक हेमन्त निरौलाका अनुसार नेपाली हावापानीसाग मिल्ने कस्मेटिक उत्पादन हो यो । ब्रिलेयर साइन्स ब्रान्डमा केस तथा छालाको सम्पूर्ण उत्पादन उपलब्ध छ । यद्यपी हाललाई भने यो उत्पादन सैलुनहरुमा मात्र राखिनेछ ।

 Image