Successfully Copied

घरपालुवाको र्‍याल

हालै भएको एक अनुसन्धानले भने घरपालुवाको आन्द्रामा भएको ब्याक्टेरियाले बालबालिकाहरूलाई आस्थमा रोगबाट जोगाउन ठूलो भूमिका खेल्छ भनेको छ । त्यसैले यहाँ प्रश्न उठ्छ : घरपालुवाको र्‍याल राम्रो कि नराम्रो ? यसको उत्तर दुवै हो ।

घरपालुवाको र्‍यालमा अनेक थरीका ब्याक्टेरिया तथा परजीवी हुन्छन् जसले परिवारका सदस्यहरूलाई नकारात्मक असर गर्नसक्छ । घरपालुवाको मुख र आन्द्राले ब्याक्टेरिया एवं परजीवीहरूलाई बास दिन्छ जुन मानिसमा सर्नसक्छ । यिनीहरूले मानिसमा विभिन्न थरीका रोग सार्छन् ।

हालै भएको एक अनुसन्धानले भने घरपालुवाको आन्द्रामा भएको ब्याक्टेरियाले बालबालिकाहरूलाई आस्थमा रोगबाट जोगाउन ठूलो भूमिका खेल्छ भनेको छ । त्यसैले यहाँ प्रश्न उठ्छ : घरपालुवाको र्‍याल राम्रो कि नराम्रो ? यसको उत्तर दुवै हो ।

घरपालुवा र मानिसबीचको स्नेहसाधारण कुरा होइन । यद्यपि घरपालुवाको र्‍याल, त्यसमा भएका ब्याक्टेरिया एवं त्यसले मानिस र घरपालुवालाई पार्ने प्रभाव असाधारण छ । पशुको नियमित हेरविचार एवं सरसफाइले परिवारमा घरपालुवाको र्‍यालबाट उत्पन्न गर्न सक्ने स्वास्थ्यको जोखिम धेरै कम गर्छ ।

घरपालुवाको र्‍यालको फाइदा

‘कुकुरको जिब्रो डाक्टरको जिब्रो हो ।’ भन्दै हालैको एक अनुसन्धानले कुकुरको र्‍यालमा विभिन्न रोग निको पार्ने तत्वहरूको पहिचान गरेको छ ।

    नेदरल्यान्डका अनुसन्धानकर्ताहरूले घरपालुवाको र्‍यालमा ‘हिस्टाटिन्स’ भनिने रासायनिक तत्व पहिचान गरेका थिए । हिस्टाटिन्सले नयाँ छालाका सेललाई प्रचार–प्रसार गरी घाउ छिट्टै निको पार्छ ।

    लन्डन स्कुल अफ मेडिसिनका चिकित्सक निगेल बेन्जामिनका अनुसार र्‍यालले छालाको सम्पर्कमा आएपछि नाइट्रिक अक्साइड सिर्जना गर्छ । नाइट्रिक अक्साइडले ब्याक्टेरिया वृद्धिमा बाधा पुर्‍याउँछ र घाउलाई संक्रमणबाट जोगाउँछ ।

    फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले र्‍यालमा भएका ‘नर्भ ग्रोथ फ्याक्टर’ भनिने प्रोटिनलाई अलग गरेका थिए जसले घाउ निको हुने समयलाई आधा बनाइदिन्छ ।

घरपालुवाको र्‍यालले दाँतमा प्वाल हुन दिँदैन

घरपालुवाको मुखभित्र हुने र्‍यालले दाँतमा प्वाल हुने समस्या मानिसको र्‍यालले भन्दा राम्रोसँग रोक्छ । घरपालुवाको र्‍याल सामान्यत: क्षारीय हुन्छ, ७.५ देखि ८ को वरिपरि जसले गर्दा घरपालुहरूको दाँत मानिसको जस्तो प्वाल पर्दैन । घरपालुवाको र्‍यालको क्षारीय प्रकृतिका कारण ब्याक्टेरियाले उत्पादन गर्ने एसिड बफर हुन्छ जसले दाँतमा भएको तामचिनीलाई कमजोर हुनबाट जोगिन्छ ।

घरपालुवाको र्‍याल जीवाणुरोधी हुन्छ

घरपालुवाको र्‍यालमा विभिन्न रसायन हुन्छन् । हामीले अक्सर घरपालुवाहरूले चाटिरहेको देखेका हुन्छौं र यो एउटा जीवाणुरोधी कार्य हो जसले बाहिरी संक्रमण निको हुँदैन । त्यसैले पशुचिकित्सकसँग नियमित भेट आवश्यक हुन्छ ।

घरपालुवाको चुम्बनले मानिसमा  जीवाणु सर्नसक्छ

घरपालुवाको र्‍यालमा जीवाणुरोधी गुणहरू छन् भन्दैमा घरपालुवाको चुम्बन सफा हुन्छ र मानिसले उनीहरूलाई चुम्बन गर्न दिनुहुन्छ भन्ने होइन । जीवाणु घरपालुवाबाट मानिसमा सर्न सक्छ । २०१२ मा प्रकाशित ‘ओरल बायोलोजी’ शीर्षकको एक अध्ययनले घरपालुवा र मालिकबीच जीवाणुको ‘पिरियोडोन्टोपाथिक’ प्रजाति सर्न सक्ने कुराको खोजी गरेको थियो ।

घरपालुवाको र्‍यालले एलर्जी गराउनसक्छ

मानिसहरू घरपालुवाको भुत्लाले एलर्जी हुने विश्वास राख्छन्, जबकि धेरैजसो एलर्जी घरपालुवाको र्‍यालमा पाइने प्रोटिनका कारण उत्पन्न हुन्छ । युरोपियन जर्नल अफ आन्ड क्लिनिकली म्युनोलोजीले गरेको एक अध्ययनअनुसार घरपालुवाको र्‍यालमा कम्तीमा १२ वटा विभिन्न ब्यान्ड समावेश हुन्छन् । जब घरपालुवाले आफ्नो भुत्ला चाट्छ उक्त भुत्लामा भएको र्‍याल सुकेर ती प्रोटिनहरू ड्रम (एयरबर्न) हुन्छन् । घरपालुवाको र्‍यालमा छालाको पत्रमा भन्दा बढी एलर्जीका सम्भावित स्रोत हुन्छन् ।

                                                                            डा.शरद सिंह यादव,

                                                            एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं

 Image