Successfully Copied

घरपालुवालाई कसरी नुहाइदिने ?

- घरपालुवालाई धेरै नुहाइदिनु हुँदैन । महिनाको एक पटक नुहाइदिए पुग्छ । - नुहाइदिँदा जहिले पनि कानमा कपासको डल्लो राख्नुपर्छ, जसबाट कानमा पानी पस्न पाउँदैन ।

-    घरपालुवालाई धेरै नुहाइदिनु हुँदैन । महिनाको एक पटक नुहाइदिए पुग्छ ।

-    नुहाइदिँदा जहिले पनि कानमा कपासको डल्लो राख्नुपर्छ, जसबाट कानमा पानी पस्न पाउँदैन ।

-    घरपालुवा कुकुरका लागि बनाइएका साबुन तथा स्याम्पु मात्र प्रयोग गर्नुपर्छ ।

-    मौसमअनुसार तातो, मनतातो वा चिसो पानी प्रयोग गर्नुपर्छ ।

-    लामो रौं भएका कुकुरलाई नुहाइदिनु अघि र पछि ब्रसले रौं कोरिदिनुपर्छ ।

-    छालामा समस्या भएका कुकुरका लागि पशुचिकित्सकको सल्लाहबमोजिम स्याम्पु तथा साबुन प्रयोग गर्नुपर्छ ।

                                                     डा.शरदसिंह यादव

                                                    एडभान्स्ड पेट हस्पिटल

                                                     विशालनगर, काठमाडौं

 Image