Successfully Copied

म भर्खर ठूलो हुँदैछु

म फिजिकल ब्युटीमा मात्र विश्वास गर्दिन । कतिपय व्यक्ति हेर्दा अत्यन्त सुन्दर हुन्छन् तर उनीहरूमा ज्ञान, बुद्धि एवं क्षमताको कमी हुन्छ । त्यसैले ब्युटी विथ ब्रेन एन्ड गुड हार्ट चाहिन्छ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले म आफ्नो चौथो चलचित्र ‘लभ डायरिज’ मा व्यस्त छु ।

मोडलिङ र चलचित्रबीच के–कस्तो फरक पाउनुभयो ?

मेरो करिअर मोडलिङबाट सुरु भएकाले म र्‍याम्पमा पूरै आत्मविश्वासका साथ हिँड्छु । चलचित्रमा भने अभिनय, आवाज आदि धेरै कुरामा ध्यान दिनुपर्ने भएकाले केही गार्‍होसमेत भयो । अहिले आएर अभिनयमा मज्जा लाग्न थालेको छ । ममा यसको नशा चढ्दैछ ।

तपाईंलाई कुन नायिकाको अभिनयले आकर्षित गर्छ ?

म रिचा शर्मा र मेनुका प्रधानको अभिनयको प्रशंसक हुँ ।

राम्री लागेकी नायिका ?

नायिका रुविना थापा ।

आगामी चलचित्रमा कोसँग काम गर्न पाएहुन्थ्यो जस्तो लाग्छ ?

सौगात मल्ल, विपिन कार्की तथा मेनुका प्रधानसँग ।

त्यसो भए तपाईंमा थिएटरका कलाकारहरूको प्रभाव छ, होइन ?

पक्कै पनि हो, त्यसैले मैले आफ्नो पहिलो चलचित्र होस्टेल रिटन्र्सपछि अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएँ ।

महिलाहरूको मन नपर्ने बानी ?

मेकअप धेरै गर्ने र समय–समयमा ऐना हेरेर मेकअप मिलाइरहने बानी पटक्कै मन पर्दैन ।

विवाहको विषयमा सोच्नुभएको छैन नि ?

विचरा म, भर्खर त ठूलो हुँदैछु । अहिले नै के–को विवाह ?

तैपनि ड्रिम गर्ल त होलिन् नि ?

म फिजिकल ब्युटीमा मात्र विश्वास गर्दिन । कतिपय व्यक्ति हेर्दा अत्यन्त सुन्दर हुन्छन् तर उनीहरूमा ज्ञान, बुद्धि एवं क्षमताको कमी हुन्छ । त्यसैले ब्युटी विथ ब्रेन एन्ड गुड हार्ट चाहिन्छ ।

 Image