Successfully Copied

मनास्लु शिखर चुम्ने पूर्णिमा

सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर पहिलोपटक मनास्लु हिमालको आरोहण गरेको पूर्णिमा बताउँछिन् । गोरखा आरुघाट स्थायी घर भएकी पूर्णिमाले अनुभवविना एकैपटक मनास्लुमा चढेकी हुन् । पूर्णिमा भन्छिन्–‘सर्वाेच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो सपनामा एउटा सानो सफलता प्राप्त भयो ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले गत असोजमा मनास्लु हिमालको सफल आरोहण गरिन् । विश्वको आठौं अग्लो (८ हजार १ सय ६३ मिटर) हिमाल मनास्लुलाई किलर माउन्टेनसमेत भनिन्छ ।

सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर पहिलोपटक मनास्लु हिमालको आरोहण गरेको पूर्णिमा बताउँछिन् । गोरखा आरुघाट स्थायी घर भएकी पूर्णिमाले अनुभवविना एकैपटक मनास्लुमा चढेकी हुन् ।

पूर्णिमा भन्छिन्–‘सर्वाेच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो सपनामा एउटा सानो सफलता प्राप्त भयो । गोरखाकी चेलीका रूपमा गोरखामै अवस्थित विश्वको ८ औं  तथा नेपालको ७ औं अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि गर्व महसुस भएको छ ।’

 Image