Successfully Copied

पालो सन्ध्याको

अनमोल केसीसँग चलचित्र ‘ड्रिम्स’मा छोटो भूमिकामा देखिएकी सन्ध्या केसी यो वर्ष दुईवटा चलचित्रमा मुख्य भूमिकामा देखा पर्दैछिन् । उनका सहकर्मीहरूले नेपाली चलचित्रमा आफ्नो स्थान बनाइसकेको अवस्थामा सन्ध्या केसीको चलचित्रमा उपस्थिति भने खासै देखिएको छैन ।

प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘कमलेको बिहे’मा उनी मुख्य भूमिकामा प्रस्तुत हुँदै छिन् । उक्त चलचित्रबाट उनी चलचित्र क्षेत्रमा जम्ने विश्वास गरे पनि चलचित्रको प्रदर्शनको टुंगो लागिसकेको छैन । ६ महिनाअघि चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक भैसकेको छ, जसमा सन्ध्या फरक गेटअप धारण गरेका अभिनेता अनुपविक्रम शाहीसँग देखा पर्छिन् ।

यसबीच सन्ध्या हालै अभिनेता कुशल थापासँग अस्ट्रेलियामा छायांकन गरिएको चलचित्र ‘ह्याप्पी न्यू इयर’को ट्रेलरमा पनि देखिएकी छिन् । उक्त चलचित्रमा पनि उनको मुख्य भूमिका छ । इमेज च्यानलकी भिजे तथा म्युजिक भिडियोकी मोडलका रूपमा आफ्नो परिचय बनाएकी केसीका यी दुई चलचित्रले बजार पाए पनि– नपाए पनि उनी भने चलचित्र क्षेत्रका जम्ने विश्वास धेरैको छ ।

 Image