Successfully Copied

जाडोमा जोर्नीको पीडा

जोर्नीको पीडा विशेष गरी आर्थराइटिसको कुनै उपचार छैन तर केही उपाय छन्, जसलाई अपनाएर यो समस्याबाट जोगिन वा त्यसलाई कम गर्न सकिन्छ ।

जोर्नीको पीडाका थुप्रै कारण हुन्छन् । जस्तै–बोन फ्लुइड (हड्डी द्रव) वा मेम्ब्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्री रोग उत्पन्न हुनु, हड्डीको क्यान्सर, आर्थराइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेरसँगै जोर्नीको बीचको कार्टिलेज कुसनलाई लचिलो र चिल्लो राख्ने लुब्रिकेन्टको कमी हुनु, लिगामेन्ट्सको लम्बाइ र लचिलोपनमा कमी आदि ।

जोर्नी स्वस्थ राख्ने उपाय : जोर्नीको पीडा विशेष गरी आर्थराइटिसको कुनै उपचार छैन तर केही उपाय छन्, जसलाई अपनाएर यो समस्याबाट जोगिन वा त्यसलाई कम गर्न सकिन्छ ।

-    आर्थराइटिसका कारण जोर्नीमा भएको कार्टिलेजलाई हानि पुग्छ । यो ७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुर्छ ।

-    दूध तथा दूधबाट बनेका परिकार, ब्रोकाउली, सालमन, पालुंगो, राजमा, बदाम, तोफु आदि क्याल्सियमयुक्त खाद्यपदार्थ प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

-    भिटामिन सी र डी जोर्नीका लागि अत्यन्त लाभदायक हुन्छन् । त्यसैले स्ट्रबेरी, सुन्तला, किबी, ब्रोकाउली, काउली, बन्दा, दूध, दही, माछा आदि पर्याप्त मात्रामा खानुपर्छ ।

-    केही समय घाममा पनि बस्नुपर्छ । यसबाट भिटामिन डी प्राप्त हुन्छ । शारीरिक तौल नियन्त्रणमा राख्नुपर्छ । तौल बढी हुँदा जोर्नीमा दबाब पर्छ ।

-    नियमित व्यायाम गर्नुपर्छ तर जोर्नीमा दबाब पर्ने काम भने कम गर्नुपर्छ ।

-    धूम्रपान एवं मद्यपानबाट जोगिनुपर्छ ।

-    फलफूल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ ।

-    अदुवा तथा बेसार सेवन गर्नुपर्छ । यसले जोर्नी सुन्निन दिँदैन ।

-    नुन, चिनी, अल्कोहल, क्याफिन, तेल तथा रातो मासु आदिको सेवन कम गर्नुपर्छ ।

-    पैदल यात्रा, जगिङ, नृत्य, जिम, सिँढी चढ्ने–ओर्लने तथा हल्काफुल्का व्यायामले हड्डीलाई मजबुत राख्छ ।

जाडो मौसममा विशेष ध्यान

जाडो मौसममा जोर्नीको पीडाले सताउँछ । कारण यो मौसममा प्राय: मानिस बढी आराम गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटा र रात लामा हुनाले जीवनशैली परिवर्तन हुन्छ । यतिबेला खानपानको बानीसमेत परिवर्तन हुन्छ भने व्यायाम कम गरिन्छ । फलत: जोर्नी दुख्ने समस्या अझ बढ्छ ।

-    नियमित व्यायाम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

-    बाहिरी तापमान निकै कम हँुदा बाहिर घुमफिर गर्ने गतिविधि कम गर्नुपर्छ ।

-    शरीरलाई न्यानो राख्नुपर्छ र प्रतिदिन ८–१० गिलास पानी पिउनुपर्छ ।

-    चिसोबाट जोगिनुपर्छ । पीडा हुने ठाउँलाई न्यानो राख्नुपर्छ ।

-    चिसोको साटो ताता खानेकुरा खानुपर्छ । लसुन, प्याज, सालमन, माछा, बदाम, काजु आदि केही बढी सेवन गर्नुपर्छ ।

-    चोकरयुक्त आटाको रोटी तथा मुगको दाल सेवन गर्नुपर्छ । हरियो सागपातका साथै लौका, घिरौला, काउली, बन्दा, गाजर आदिको सेवन पनि फाइदाजनक हुन्छ ।

 Image