Successfully Copied

२२ युवती मिस डिभा पोखरामा

हरेक हप्ता २ जना प्रतियोगी प्रतियोगीताबाट बाहिरिनेछन् भने उत्कृष्ट प्रस्तुती राख्ने २ जना युवति सो टपरको रुपमा हरेक हप्ता पुरस्कृत हुनेछन् । यो हप्ता पोखरा लेकसाइडको ओजन लाउञ्जबारमा भएको कार्यक्रममा आकृती गुरुङ र लक्ष्मी गुरुङ सो टपर बन्न सफल भए ।

दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ युवती छानिएका छन् । प्रतियोगीहरुले प्रस्तुत गरेको क्षमताका आधारमा हरेक हप्ता २ जना प्रतियोगी प्रतियोगीताबाट बाहिरिनेछन् भने उत्कृष्ट प्रस्तुती राख्ने २ जना युवति सो टपरको रुपमा हरेक हप्ता पुरस्कृत हुनेछन् । यो हप्ता पोखरा लेकसाइडको ओजन लाउञ्जबारमा भएको कार्यक्रममा आकृती गुरुङ र लक्ष्मी गुरुङ सो टपर बन्न सफल भए । 

ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीद्धारा आयोजीत मिस डिभा पोखराका लागि अडिसन मार्फत ३८ जना युवती छनोट भएका थिए । ग्राण्ड फिनाले पौष २२ गते पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए ।  

प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म उनीहरुको प्रतिभा हेरिने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताइन्  ।  प्रतिष्पर्धीलाई विभिन्न ६ वटा समुहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धि सँगै प्रतिभा प्रस्फुटन गर्न लगाइने गरेको केसीले बताईन् ।

 Image