Successfully Copied

हिउँदमा विवाह गर्ने बेहुलीका लागि

यो जाडो महिनामा बेहुलीको पहिरनको राम्रो विकल्प हो । यसमा नेट वा सिल्कको स्लिभ्स हुन्छ । डेस्टिनेसन बेडिङका लागि पनि यो लेहेंगा उपयुक्त हुन्छ । लङ स्लिभ्स लेहेंगामा इम्ब्रोइडरी मुनितिर फर्किएको हुन्छ भने स्लिभ्समा इम्ब्रोइडरी हुन्छ ।

लेहेंगा–चोली : यो जाडोको समयमा पनि उत्तिकै उपयोगी हुन्छ । यो पहिरन बेहुलीका लागि आरामदायक पनि छ । यो पहिरन ती बेहुलीका लागि पनि उपयुक्त मानिन्छ जो जाडो मौसममा न्यानो रहन चाहन्छन् । यसमा ब्लाउजका साथमा लङ वा सर्ट ज्याकेट हुन्छ । यो ज्याकेटको किनारमा लेहेंगाको जस्तै हेभी इम्ब्रोइडरी गरिन्छ जसले यसलाई अझ बढी रोयल लुक प्रदान गर्छ ।

लेहेंगा विथ टेल : यो लेहेंगाको घेरा पछाडि बढी हुन्छ । यसको पछाडिको भाग जमिनमा लत्रन्छ । यसलाई पछाडिबाट कसैले सम्हाल्न मिल्छ । यही शैलीले बेहुलीको चाललाई अझ ग्रेसफुल बनाउँछ ।

ज्याकेट लेहेंगा : यो धेरै हदसम्म शरीरजस्तै हुन्छ । यसमा लेहेंगाको माथि एउटा हेभी ज्याकेट हुन्छ जसले पूरै लेहेंगालाई हेभी लुक प्रदान गर्छ । यो ज्याकेट लेहेंगाभन्दा कन्ट्रास्ट कलर वा समान कलरमा उपलब्ध हुन्छ ।

नेटको लेहेंगा : आफ्नो रोजाइको कलर पिंक हो भने नेटको लेहेंगा, जसमा मसिनो खालको हस्त कालिगडी हुन्छ, अत्यन्त सुन्दर एवं आकर्षक देखिन्छ ।

लेहेंगा विथ मिरर एन्ड क्रिस्टल : यो लेहेंगामा पूर्णरूपले मिरर तथा क्रिस्टलको काम हुन्छजसका कारण यसको चमक कैयन् गुणा वृद्धि हुन्छ । यसले बेहुलीको रूप तथाव्यक्तित्वलाई अझ विशेष बनाउँछ ।

लङ स्लिभ्स लेहेंगा : यो जाडो महिनामा बेहुलीको पहिरनको राम्रो विकल्प हो । यसमा नेट वा सिल्कको स्लिभ्स हुन्छ । डेस्टिनेसन बेडिङका लागि पनि यो लेहेंगा उपयुक्त हुन्छ । लङ स्लिभ्स लेहेंगामा इम्ब्रोइडरी मुनितिर फर्किएको हुन्छ भने स्लिभ्समा इम्ब्रोइडरी हुन्छ ।

भेल्भेट लेहेंगा : भेल्भेट लेहेंगा पुन: फेसनमा फर्किएको छ । यसमा प्याच वर्क हुन्छ । यो प्राय: गरी गोल्डेन कलरमा पाइन्छ । मरुन कलरको लेहेंगामा गोल्डेन कलरको प्याच वर्क खुबै सुहाउँछ ।

रिसेप्सनका लागि

आफ्नो विवाहको रिसेप्सनमा ग्ल्यामरस साडीमा प्रस्तुत हुन सकिन्छ, यसमा ज्वेलरीको एक्सपेरिमेन्ट समेत गर्न मिल्छ । यसबाहेक रोयल र कन्टेम्पररी लुकका लागि सिल्क वा जरदोजीमा निलो रंगको साडी उपयुक्त हुन्छ । आफ्नो लुक अझ बोल्ड र ब्राइट बनाउन यसमा पहेंलो वा रातो रंगको रुल पनि जोड्न सकिन्छ । यो रंगका लागि साडीमा मिक्स एन्ड म्याच गर्न सकिन्छ । गोटापट्टी वर्कको पियोर सिफन साडी हल्का त हुन्छ तर हेभी वर्कका कारण त्यसले हेभी लुक प्रदान गर्छ । यसबाहेक बनारसी सिल्क साडी पनि बेहुलीलाई खुबै सुहाउँछ । बेहुलीले नयाँ रंग पनि प्रयोग गर्न सक्छन् । प्राय: बेहुलीले रेड कलरलाई प्राथमिकता दिन्छन् ।

बदलिँदो समयसँगै बेहुलीका लेहेंगाको कलर पनि परितर्वन हुँदै गएको छ । अहिले पेस्टलदेखि नियनसम्म हरेक रंगका लेहेंगा प्रयोग हुन थालेका छन् । पारम्परिक रेड मरुन रंग छोड्ने चाहना छ भने दुपट्टा वा चोली अलग रंगको प्रयोग गरी नयाँ फ्युजन शैली अपनाउन सकिन्छ । त्यसका लागि बबलगम पिंक, स्काइ ब्लु, लाइट ग्रिन, लिफ ग्रिन, ओरेन्ज, रेड, पम्पकिन ओरेन्ज, गोल्डेन आदि रंग उपयुक्त हुनसक्छन् ।

 Image