Successfully Copied

इटालियन पास्ता चाट

उसिनेको डेढ कप मिक्स भेजिटेबल्स (मटर, बेबिकर्न, कर्न), टुक्रा पारिएको स्याउ आधा कप, टुक्रा पारिएको पाइनेप्पल आधा कप, मायोनिज आधा कप, हरियो खुर्सानीको पेस्ट आधा चम्चा, सक्खर पाउडर १ चम्चा तथा नुन र मरिच स्वादअनुसार ।

इटालियन पास्ता चाट

सामग्री

चाट बनाउन : बोयल गरिएको पास्ता २ कप, उमालेको कर्न आधा कप, मिक्स भेजिटेबल्स (गाजर, काँक्रो, टमाटर, क्याप्सिकन तथा प्याज) १ कप, हरियो धनियाँ काटेको १ चम्चा, ओरिगानो आधा चम्चा, चाट मसला, मस्टर्ड सस तथा मरिचको धूलो आधा–आधा चम्चा, खुर्सानीको धूलो १ चम्चा, कागतीको रस १ चम्चा, चीज स्प्रेड आधा कप, चीज र दही २–२ चम्चा तथा नुन स्वादअनुसार ।

टपिङका लागि : भेलपुरी ८–९ वटा टुक्रा पारिएको, थोरै स्याउका मसिना टुक्रा तथा धनियाँको पात मिक्स गर्ने ।

 

विधि : चाटका सबै सामग्रीलाई राम्रोसँग मिक्स गरी टपिङ गरेर सर्भ गर्ने ।

क्विक रसियन सलाद

सामग्री : उसिनेको डेढ कप मिक्स भेजिटेबल्स (मटर, बेबिकर्न, कर्न), टुक्रा पारिएको स्याउ आधा कप, टुक्रा पारिएको पाइनेप्पल आधा कप, मायोनिज आधा कप, हरियो खुर्सानीको पेस्ट आधा चम्चा, सक्खर पाउडर १ चम्चा तथा नुन र मरिच स्वादअनुसार ।

विधि : सबै सामग्रीलाई मिक्स गरेर फ्रिजमा चिसो बनाउने र चिसै सर्व गर्ने ।

 Image