Successfully Copied

मेक्सिकन ग्रिल्ड स्यान्डबिच

प्याज, टमाटर, आलु, खुर्सानी, मकै, आधा चीज, ह्वाइट सस, नुन र मरिच मिक्स गर्ने । पाउरोटीको स्लाइसलाई टोस्ट गरेर एक भागमा बटर लगाउने । त्यसमा ह्वाइट सस र भेजिटेबल्सको मिश्रण राख्ने । त्यसमा बाँकी चीज छरेर टोम्याटो सस र चिल्ली सस हाल्ने ।

मेक्सिकन ग्रिल्ड स्यान्डबिच

सामग्री : पाउरोटीको स्लाइस १० वटा, बटर ३ चम्चा, प्याज, टमाटर, उसिनेको आलु, हरियो खुर्सानी १–१ चम्चा, उसिनेको मकै १ कप, कोरेको चीज आधा कप, टोम्याटो सस र चिल्ली सस २–२ चम्चा,

ह्वाइट सस १ कप तथा नुन र मरिच स्वादअनुसार ।

विधि : प्याज, टमाटर, आलु, खुर्सानी, मकै, आधा चीज, ह्वाइट सस, नुन र मरिच मिक्स गर्ने । पाउरोटीको स्लाइसलाई टोस्ट गरेर एक भागमा बटर लगाउने । त्यसमा ह्वाइट सस र भेजिटेबल्सको मिश्रण राख्ने ।

त्यसमा बाँकी चीज छरेर टोम्याटो सस र चिल्ली सस हाल्ने । ओबनमा १ सय ६० डिग्रीमा पकाउने ।

मेक्सिकन स्टाइलको पोट्याटो सलाद

सामग्री : आलु ५ सय ग्राम (उसिनेर क्युब आकारमा काट्ने), हरियो प्याज आधा कप (काटेको), कर्न आधा कप, गोलभेंडा १ वटा (ब्लांच गरेर काटेको), कागतीको रस १ चम्चा, टैको सिजनिङ १ चम्चा तथा नुन र मरिच स्वादअनुसार ।

सजावटका लागि : कोरिएको चीज १ चम्चा तथा क्रिम २ चम्चा ।

 

विधि : सलादका सबै सामग्रीलाई राम्रोसँग मिक्स गरेर चीज र क्रिमले सजाउने ।

 Image