Successfully Copied

सौन्दर्यको अर्काे नाम सरसफाइ

हिजोआज हेभी मेकअप गर्ने चलन हराउँदैछ । नदेखिने वा लाइट मेकअप हेभी मेकअपको तुलानामा निकै आकर्षक साबित भएकाले मेकअपको शैलीमा परिवर्तन आएको हो । सौन्दर्य पारखीहरूको लामो अभ्यासका कारण अहिले मौसम, पहिरन, कार्यस्थल एवं समारोहको स्वरूप आँकलन गरी मेकअप गर्ने चलन फस्टाउँदै गएको

सौन्दर्य सरसफाइको प्रभावकारी माध्यम हो । सौन्दर्य र सरसफाइ एक–अर्काका परिपूरक हुन् । चिटिक्क देखिन शरीरका हरेक भाग सफा हुनु जरुरी हुन्छ अनि मात्र आफूले लगाएको सौन्दर्य प्रसाधन प्रभावकारी हुन्छ ।

हिजोआज हेभी मेकअप गर्ने चलन हराउँदैछ । नदेखिने वा लाइट मेकअप हेभी मेकअपको तुलानामा निकै आकर्षक साबित भएकाले मेकअपको शैलीमा परिवर्तन आएको हो । सौन्दर्य पारखीहरूको लामो अभ्यासका कारण अहिले मौसम, पहिरन, कार्यस्थल एवं समारोहको स्वरूप आँकलन गरी मेकअप गर्ने चलन फस्टाउँदै गएको छ । यसरी मेकअप गर्ने तौरतरिका र सौन्दर्य प्रसाधन प्रयोग गर्ने कुरामा आधुनिक शैली अपनाउन सके जोकोही आकर्षक देखिन सक्छन् ।

आइमेकअप

आइमेकअप गर्नुअघि छाला सफा गर्ने वा क्लिन्जिङ गर्ने । त्यसपछि मोइस्चराइजर अनि आँखामा मेकअप बेस लगाउने, पहिरनअनुसार आइकलर प्रयोग गर्ने कुरामा सजग हुनुपर्छ । त्यसपछि आइलाइनर लगाउने । परेला कस्तो छ सोहीअनुसार आवश्यक परे नक्कली परेला पनि लगाउन सकिन्छ । आँखाको तलको भागमा गाजल तथा परेलामा मस्कारा लगाउनुपर्छ । आइब्रो छालासँग

म्याचिङ हुनुपर्छ ।

हेयर स्टाइल

नर्मल हेयर स्टाइलमा क्याजुअल पहिरन छ भने स्ट्रेट गर्दा हुन्छ । हल्का ब्लो ड्राइ गर्न वा रोलरले सेटिङ गर्न सकिन्छ । पार्टीमा भने केही फरक हुनुपर्छ । अरुभन्दा फरक देखिन अहिले चलेका विभिन्न किसिमका बोन बनाउन सकिन्छ । साडीमा जुरो, लेहेंगामा कर्ल गरेर वान साइड छोड्न सकिन्छ । यतिबेला नक्कली जुरो पनि लगाउन सकिन्छ ।

नेल

सामान्य अवस्थामा नङ छोटो र सफा हुनुपर्छ । पार्टीमा जानुपर्ने छ भने नेल एक्सटेन्सन गरेर नेल आर्ट पनि गर्न सकिन्छ । अहिले स्किनी, ब्राउन वा म्याचिङ टाइपको नेलपोलिस लगाउने ट्ेरन्ड छ । नर्मल नेलमा आफ्नो पहिरनअनुकूलको कलर लगाउन सकिन्छ । पर्मानेन्ट नेलपोलिस प्रयोग गरिएको छ भने त्यसैलाई मिलाएर पनि आकर्षक देखिन सकिन्छ ।

मेनिक्योर

मेनिक्योर हात सफा गर्ने विधि हो । सामान्यत: १५ दिनमा एक पटक मेनिक्योर गर्नुपर्छ । हात सफा र आकर्षक बनाउन गरिने मेनिक्योर घरमै पनि गर्न सकिन्छ । एउटा बाटामा पानी राखेर त्यसमा नुन, कागतीको रस, डिटोल, हाइड्रोजन, आवश्यकताअनुसार स्याम्पु मिसाएर घोल्ने र हात डुबाउने । कम्तीमा पनि आधा घन्टासम्म पानीमा हात राखी पछि ब्रसले सफा गर्ने । त्यसपछि तौलियाले हात पुछी क्लिन्जिङ लगाएर मसाज गर्ने । त्यसपछि मोइस्चराइजर लगाए हात निकै आकर्षक देखिन्छ ।

पेडिक्योर

पेडिक्योर खुट्टा सफा गर्ने विधि हो । यो खुट्टा फोहोर भए जतिबेला पनि गर्न सकिन्छ । पेडिक्योर गर्दा पहिले खुट्टाको नङमा नेलपोलिस छ भने हटाउने । त्यसपछि नङको स्टाइल परिवर्तन गर्ने । यू, भी सेप कुन स्टाइल आफूलाई मन पर्छ सोहीअनुसार नङ काट्ने । त्यसपछि एउटा बाटामा पानी राख्ने । हाइड्रोजन आवश्यकताअनुसार, डिटोल, स्याम्पु एवं सी साल्ट मिसाएर उक्त पानीमा आधा घन्टासम्म खुट्टा डुबाएर ब्रसले नङ तथा खुट्टा सफा गर्ने । त्यसपछि तौलियाले खुट्टा सफा बनाउने । अब क्युटिकल क्रिम लगाएर नेल मसाज गर्ने । डेड सेल छ भने काटेर फाल्ने । पेडिक्योर सेटमा क्लिन्जिङ तथा स्क्रब हुन्छ तिनलाई क्रमैसँग प्रयोग गर्नुपर्छ । आवश्यकताअनुसार मसाज गर्ने । खुट्टामा रौं भए वाक्स गर्ने र अन्त्यमा पेडिक्योर प्याकक्रिम लगाएर सफा गरेपछि मोइस्चराइजर लगाई खुट्टालाई खुल्ला छोड्ने । खुट्टामा नेलपोलिस लगाउनु छ भने पहिरनअनुसार रंग छनोट गर्नुपर्छ ।

 Image