Successfully Copied

दाँतको सुरक्षा

- दाँतमा अड्किएका फोहोर निकाल्न इन्टरडेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । - अमिलो, एसिडिक खानेकुरा, कोल्ड ड्रिंक्स आदि खाएपछि आधा घन्टासम्म ब्रस गर्नुहुँदैन किनभने यस्ता खानेकुरा खाएका बेला दाँत कमजोर हुन्छन् ।

                     

                           कान्ति बाल अस्पताल

-   उचित सरसफाइ नगर्दा दाँत दुख्नसक्छ ।  

-  गुलियो खानेकुरा दाँतको प्वालमा अड्किन्छ जसमा ब्याक्टेरियाले असर गरेर कीरा लाग्ने सम्भावना हुन्छ । पछि गएर उक्त कीरा दाँतको नसासम्म पुग्छ ।

-    गुलिया खानेकुरा खाएपछि सादा पानीले कुल्ला गर्नुपर्छ ।

-   दाँतमा अड्किएका खानेकुरा निकाल्न डेन्टल फल्स प्रयोग गर्नुपर्छ ।

-  दाँतमा अड्किएका फोहोर निकाल्न इन्टरडेन्टल ब्रस प्रयोग गर्न सकिन्छ ।

-  अमिलो, एसिडिक खानेकुरा, कोल्ड ड्रिंक्स आदि खाएपछि आधा घन्टासम्म ब्रस गर्नुहुँदैन किनभने यस्ता खानेकुरा खाएका बेला दाँत कमजोर हुन्छन् ।

-   धेरै तातो तथा धेरै चिसो खानेकुरा एकसाथ खानुहँुदैन ।

-  आवश्यकताभन्दा बढी ब्रस गर्दा पनि दाँतको बाहिरी भाग खिइन्छ ।

-  बिहान–बेलुकी खाना खाएपछि फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुपर्छ ।

-  दाँत दुख्दा समयमै चेकजाँच गराइहाल्नुपर्छ ।

- ६/६ महिनाको फरकमा दाँत जँचाउनु आवश्यक छ ।

महिलामा तनाव व्यवस्थापन

 

- हिजोआज महिलामा दोहोरो–तेहेरो भारले मानसिक तनाव बढी देखिन्छ ।

-  तनाव व्यवस्थापनका लागि बेलाबखत आफूलाई मन लागेको काम गर्नुपर्छ ।

- आफूलाई घुम्न, मुभी हेर्न, बाहिर खान अथवा घरमै बसेर गार्डेनिङ वा लेखपढ आदि गर्न मन लाग्छ भने गर्नुपर्छ जसले रिजुभेसनको काम गर्छ र नयाँ ऊर्जा थप्छ ।

-  बेलाबखत आफ्ना पुराना साथीभाइसँग जमघट गर्ने तथा बालबच्चा र परिवारका साथ कतै समय बिताउन जान सकिन्छ ।

-  काममा इन्जोय गर्न सक्नु नै तनाव व्यवस्थापनको सबैभन्दा ठूलो कला हो । काम गर्दा एवं म्युजिक सुन्दा पनि दिमाग फ्रेस हुन्छ ।

- दोहोरो–तेहेरो कार्यबोझका कारण टेन्सन छ भने प्राथमिकताका आधारमा कामलाई समय दिनु राम्रो हुन्छ । समय व्यवस्थापन टेन्सन कम गर्ने अर्को उपाय हो ।

                                               - स्वेता राजगरिया, टेरो कार्ड रिडर

 Image