Successfully Copied

खाद्यपदार्थमा मिसावट

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

बजारमा झट्ट हेर्दा आकर्षक डिजाइनका मनै लोभ्याउने रंग अनि मनमोहक प्याकेटका मिठाईहरू देखिन्छन् । पूजाआजा, व्रत, विवाह आदि धार्मिक तथा पवित्र कार्यमा चोखो परिकारका रूपमा मिठाई प्रयोग गरिन्छ । व्रत बसेका बेला व्रतालुले पवित्रताका लागि मिठाई खान्छन् । चोखो तथा शुद्ध मानिएको मिठाईमा पनि हानिकारक मिसावट गरिएको पाइन्छ ।

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

केही समयअघि विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग तथा भारतको मिभ्टा ल्याबको प्राविधिक सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनमा हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको थियो । हेर्दा आकर्षक र काँचै पनि खान रहर लाग्ने गरी राखिएका तरकारी तथा फलफूल हेर्दा लोभलाग्दा भएपनि त्यस्ता खानेकुरालेशरीरमा दीर्घकालीन असर पार्छन् ।

खानपानमा मिसावट हुने कुरा सामान्य भैसकेको छ । खानेकुरामा मिसाइएका कतिपय कुराप्रति हामी बेवास्ता गरिरहेका हुन्छौं । यसको साइड इफेक्ट भने निकै खतरनाक हुनसक्छ । यस्ता मिसावट घरमै पनि जाँच गर्न सकिन्छ ।

 

के–केमा मिसावट

तरकारीमा विषादी, दूधमा खाने सोडा र लुगा धुने सर्फ, तेल र घिउमा जनावरको बोसो, मिठाईंमा सडेगलेका पदार्थ तथा फलफूलको जुसमा पानी मिसाइन्छ । चिया, कफी, मसला, नुन, चिनी, अन्न, दूध, दही एवं घिउमा पनि मिसावट गरिएको पाइन्छ । यस्तो मिसावटले स्वास्थ्यमा गम्भीर असर सिर्जना गर्न सक्छ । यसबाट क्यान्सर, कलेजोको समस्या, पेट दुख्नेसमस्या आदि उत्पन्न हुनसक्छ ।

दूध

मिसावट : दूधमा दूषित पानी मिसाए बिरामी पर्न सकिन्छ ।

कसरी जाँच्ने : सादा जमिनमा दूधको एक थोपा हाल्ने, शुद्ध दूध भए विस्तारै–विस्तारै बगेर सेतो दाग बस्छ । मिसावटको दूध भए छिटो बग्छ र कुनै दाग छोड्दैन ।

मिसावट : सिन्थेटिक दूध

कसरी जाँच्ने : तताएपछि सिन्थेटिक दूधको रंग पहेंलो हुन्छ । पिउँदा जिब्रोमा तीतोपन आउँछ ।

मिसावट : स्टार्च, यसले बान्ता आउने समस्या उत्पन्न गर्न सक्छ ।

कसरी जाँच्ने :टेस्ट ट्युबमा थोरै दूध हाल्ने । त्यसमा २० मिलिलिटर पानी हालेर उमाल्ने र चिसो हुन दिने । आयोडिनको केही थोपा मिसाउने । नीलो रंगको भए दूधमा स्टार्च मिसाइएको बुझ्नुपर्छ ।

मिसावट : युरिया

कसरी जाँच्ने : एउटा गिलासमा १ चिया चम्चा दूध हाल्ने, त्यसमा १ चम्चा सोयाबिन पाउडर मिसाएर ५ मिनेट छाड्ने । यसमा रातो लिटमस पेपर डुबाउने । पेपरको रंग नीलो भए दूधमा युरिया मिसाइएको छ भन्ने कुरा बुझ्नुपर्छ ।

मिसावट : डिटर्जेन्ट

कसरी जाँच्ने : थोरै दूधलाई हल्लाउने, तरजस्तो भए दूधमा डिटर्जेन्ट मिसाइएको पक्का हुन्छ ।

नुन तथा चिनी

मिसावट : चक पाउडर

कसरी जाँच्ने : एक गिलास पानीमा १ चिया चम्चा नुन वा चिनी हालेर घोल्ने । पूर्णरूपमा घुले नुन–चिनी शुद्ध हुन्छ । गिलासको तल केही पाउडर जस्तो जमे त्यसमा चक पाउडर मिसाइएको बुझ्नुपर्छ ।

आइसक्रिम

मिसावट: वासिङ पाउडर, यसले आइसक्रिमलाई राम्रो चमक दिएपनि पेट दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

कसरी जाँच्ने : आइसक्रिममा कागतीको रसको केही थोपा मिसाउने । त्यसो गर्दा तरजस्तो देखिएन भने वासिङ पाउडर मिसाइएको पक्का हुन्छ ।

कफी पाउडर

मिसावट : इमलीको बीउको पाउडर, यसले जोर्नी दुख्ने, सुस्त महसुस हुने तथा रिंगटा लाग्ने हुन सक्छ ।

कसरी जाँच्ने : एक गिलास पानीमा थोरै कफी पाउडर छर्कने, शुद्ध कफी भए माथि तैरिन्छ, मिसावट गरिएको कफी भए तल गएर जम्छ ।

चियापत्ती

मिसावट : फलामका स–साना टुक्रा धेरैपटक पकाइसकेको चियापत्तीमा मिसाउँदा चियाको रंगजस्तो देखिन्छ । धेरै पटक प्रयोग गरिसकेकोचियापत्तीसुकाएर पुन: बेचिन्छ ।

कसरी जाँच्ने : चुम्बक चियापत्ती वरिपरि घुमाउँदा फलामको टुक्रा मिसाएको भए टाँसिन्छ । कलर मिसावट जाँचका लागि भने ब्लटिङ पेपरमा थोरै चियापत्ती राख्ने रंग मिसाइएको भए पेपरमा रंग देखिन्छ ।

घिउ तथा मख्खन

मिसावट: मुछेको आलु तथा वनस्पति घिउ ।

कसरी जाँच्ने : आलुमा स्टार्च हुन्छ । दुई चम्चा हाइड्रोक्लोरिक एसिड तथा एक चिम्टी चिनी टेस्टट्युबमा घोल्ने र दुई चिया चम्चा घिउ अथवा मख्खन हाल्ने । एक मिनेटसम्म राम्रोसँग चलाउने र दस मिनेटजति त्यत्तिकै छाड्ने । उक्त घिउ वा मख्खनमा वनस्पति घिउ मिसिएको रहेछ भने टेस्ट ट्युबमा रातो रंग देखा पर्छ । यसैगरी घिउ तथा मख्खनमा तरुल पनि मिसावट हुनसक्छ ।

नोट: यसैगरी दही तथा बटरमा पनि वनस्पतिको मिसावट हुन सक्छ । यसको जाँच पनि घिउ तथा मख्खनजस्तै गरी गर्न सकिन्छ ।

तोरीको तेल

मिसावट : खनिज तेल तथा गाडीमा प्रयोग भैसकेको मोबिल

कसरी जाँच्ने : टेस्टट्युबमाआधा चिया चम्चा तेल लिने, दुई चिया चम्चा अल्कोहल तथा पोटास राख्ने र १५ मिनेटजति मन्द आँचमा तताउने । त्यसपछि आधा चियाचम्चा चिसो पानी हाल्ने । यदि धमिलो भएर आए उक्त तेलमा खनिज तेल वा मोबिल मिसिएको मान्न सकिन्छ ।

नरिवलको तेल

मिसावट : अन्य तेल

कसरी जाँच्ने : थोरै नरिवलको तेल फ्रिजमा राख्ने, नरिवलको तेल जम्छ । यसमा अन्य तेलको अलग लेयर देखिन्छ ।

रहरको दाल

मिसावट : खेसरीको दाल, यो खासै नोक्सानदायक त हुँदैनतर यसबाट प्यारालाइसिस हुने सम्भावना हुन्छ ।

कसरी जाँच्ने : यो पातजस्तो अथवा त्रिकोणात्मक हुन्छ । यसलाई केलाएर छान्नुपर्छ ।

 

बेसार तथा बेसन

मिसावट: पहेंलो मेटालिक तथा एनालाइन फुड कलर । यो नन पिरामिड फुड कलर हो । जुन क्यान्सर तथा पेटको बिरामीको कारण बन्न सक्छ ।

कसरी जाँच्ने : एउटा टेस्टट्युबमा एक चिया चम्चा बेसार वा बेसन हाली केही मनतातोपानीकासाथ हाइड्रोक्लोरिक एसिडको केही थोपा मिसाउने । पिंक, भायोलेट तथा पर्पल रंग देखा परे बेसन वा बेसारमा मिसावट भएको बुझ्नुपर्छ ।

 

रातो खुर्सानीको धूलो

मिसावट : इट्टाको धूलो तथा रंग ।

कसरी जाँच्ने : एक गिलास पानीमा थोरै रातो खुर्सानीको धूलो मिसाउने । इट्टाको धूलो मिसाइएको भए गिलासको तल गएर बस्छ । रंग मिसाइएको हो भने पानीको रंग

रातो हुन्छ ।

 

जिरा

मिसावट : घाँसको बीउजिराजस्तै देखिन्छ यसलाई कलर गरेर जिरामा मिसाइन्छ ।

कसरी जाँच्ने : हत्केलामा थोरै जिरा लिएर माड्ने, हत्केला कालो देखिए मिसावट भएको मान्नुपर्छ ।

हिङ

मिसावट : माटो तथा स्टार्च ।

कसरी जाँच्ने : थोरै पानीमा हिङ मिसाउने, शुद्ध हिङ भए पानीमा घुल्छ । माटो मिसाइएको भए पानीको गिलासको तल गएर जम्छ ।

 

धनियाँ पाउडर

मिसावट : गोबर तथा माटो ।

कसरी जाँच्ने : एक गिलास पानीमा थोरै धनियाँ पाउडर मिसाउने । गोबर तथा माटो मिसाइएको भए माथि तैरिन्छ र गोबरको गन्ध पनि आउँछ ।

कालो मरिच

मिसावट : मेवाको बीउले कलेजो तथा पेटमा पीडा दिन सक्छ ।

कसरी जाँच्ने : थोरै मरिचको दाना एक गिलास पानीमा हाल्ने । कालो मरिच भए गिलासको तल जान्छ, मेवाको बीउ भए पानीमा तैरिन्छ ।

ल्वाङ

मिसावट : प्रयोग गरिएको ल्वाङ, जसको तेल निकालिएको हुन्छ तथा मिनरल आयल ।

कसरी जाँच्ने : प्रयोग गरेको ल्वाङ सानो तथा खुम्चिएको हुन्छ । यसको वासना पनि कम आउँछ । ल्वाङमा हल्का चमक पनि देखिन्छ जुन मिनरल आयलको मिसावटका कारण उत्पन्न हुन्छ ।

यसैगरी तरकारी, फलफूल तथा अन्नमा पनि धेरै किसिमका मिसावट गरिन्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुन्छ र त्यो विभिन्न बिरामीको कारण पनि बन्छ । यसले गर्दा राम्रो तथा गुणस्तरीय सामान किन्नुपर्छ ।

मिठाईमाथि राख्ने तपक

(चाँदी)

मिसावट : आल्मुनियमको तपक

कसरी जाँच्ने ?

एक टुक्रा तपक भएको मिठाईमा सलाई कोरेर बाल्दा तपक चम्किलो नै रहन्छ भने त्यो चाँदी नै हो भन्न सकिन्छ । यदि तपक कालो भए तपक चाँदीको नभएको वा त्यसमा आल्मुनियम प्रयोग गरिएको बुझ्नुपर्छ ।

पहेंलो मिठाई

मिसावट : मेटालिक एल्लो (अखाद्य रंग) ।

कसरी जाँच्ने ?

एउटा टेस्टट्युबमा अलिकति मिठाई हाल्ने, त्यसमा अलिकति पानी तथा चार–पाँच थोपा हाइड्रोक्लोरिक एसिड राख्ने । टेस्टट्युबको मिठाईको पहेंलो रंग प्याजी रंगमा परिणत भए उक्त मिठाईमा मेटालिक एल्लो (अखाद्य रंग) मिसाएको प्रस्ट हुन्छ ।

मह

मिसावट : चिनी

कसरी जाँच्ने ?

एक थोपा मह सिसाको गिलासमा भएको पानीमा राख्दा चाँडै घुल्दैन भने त्यो मह शुद्ध हुन्छ । यदि मह पानीमा तुरुन्तै घुल्छ भने त्यसमा चिनी मिसिएको कुरा बुझ्नुपर्छ ।

के गर्ने ?

 - सर्टिफाइड गुणस्तरीय उत्पादन मात्र खरिद गर्नुपर्छ ।

 - अन्न तथा मसला राम्रो तथा विश्वसनीय पसलबाट किन्नुपर्छ ।

 - मिसावट भएजस्तो लागे सम्बन्धित निकायमा खबर गर्नुपर्छ ।  

मिसावट गरिएका खाद्यपदार्थ र शरीरमा त्यसको असर

बेलाबेलामा दूधमा मेलामाइन मिसिएको कुरा चर्चामा आउँछ । सन् २००९ मा त्यस्तो दूधको सेवनपछि चीनमा ६ जना बालबालिकाको मृत्यु हुनुका साथै झन्डै ३ लाख बालबालिकामा पिसाबसम्बन्धी समस्या उत्पन्न भएको थियो । स्वस्थ तथा गुणस्तरीय खाद्यपदार्थको खोजीमा बजार जाने उपभोक्ताहरू पैसा तिरेर पनि सफा र स्वस्थ खाद्यवस्तु नपाउँदा हैरान हुन्छन् ।

सडेगलेका, फोहोर तथा मिसावटयुक्त खाद्यपदार्थ उपभोग गर्दा झाडापखाला, टाइफाइड, फुड प्वाइजन, हैजा, पेट दुख्ने आदि रोग लाग्न सक्छन् । खानेकुरामा भएको मिसावटले टाइफाइड, हैजा, जन्डिस, आउँजस्ता थुप्रै रोगले दु:ख दिन्छन् । बासी, सहडेगलेका तथा फोहोर मिसिएका खाना खाँदा फुड प्वाइजनिङ हुन सक्छ । बासी मासु तथा मरेका जनावरको मासु, राम्रोसँग डिफ्रिज नगरिएको मासु खाँदा बटुलेनम फुड प्वाइजनिङ हुन्छ ।

यसैगरी अखाद्यपदार्थ मिसाएर तयार पारिएका मिठाई खाँदा शरीरमा दीर्घकालीन असर पर्न सक्छ । मिठाईमा मिसाइएको रंगले पेट तथा आन्द्रामा घाउ हुन सक्छ । मिठाई बनाउन प्रयोग गरिने घिउमा जनावरको बोसो पनि मिसाइन्छ । बोसोले शरीरमा क्षति पुर्‍याउँछ । यस्ता मिठाई खाँदा मुटुरोग लाग्न सक्छ । यसमा क्यान्सर रोग लाग्न सक्ने तत्वसमेत समावेश भएको हुनसक्छ । अहिले धेरै युवामा क्यान्सर देखिएको छ । धूवाँ, धूलो, आधुनिक जीवनशैली एवं खानपान आदिले गर्दा नै यस्तो समस्या सिर्जना हुन्छ । यसैगरी तोरीको तेल वा सनफ्लावरको तेलमा आलसको तेल मिसाइन्छ । यसले शरीर सुन्निन्छ । मिसावटयुक्त खाद्यपदार्थको सेवनले किड्नी बिग्रने, आँखाको ज्योति गुम्ने, क्यान्सर लाग्ने, कलेजो र फोक्सो बिग्रने खतरा हुन्छ । यसबाट हैजा, टाइफाइड, क्यान्सर, एलर्जी एवं पक्षघात हुने सम्भावना पनि रहन्छ ।

 Image