Successfully Copied

सपना प्रधान मल्ल

नेपाली न्यायालयमा कमै मात्र महिला निर्णायक स्थानसम्म पुग्न सफल छन् भलै सुशीला कार्की अपवादका रूपमा प्रधानन्यायाधीश बन्न सफल भएकी किन नहून् । सपना प्रधान मल्ल ती महिला हुन् जसले विभिन्न चुनौतीका बाबजुद आफ्नो कर्मलाई निरन्तरता दिइरहिन् । उनको त्यही हिम्मत र आँटले आज

नेपाली न्यायालयमा कमै मात्र महिला निर्णायक स्थानसम्म पुग्न सफल छन् भलै सुशीला कार्की अपवादका रूपमा प्रधानन्यायाधीश बन्न सफल भएकी किन नहून् । सपना प्रधान मल्ल ती महिला हुन् जसले विभिन्न चुनौतीका बाबजुद आफ्नो कर्मलाई निरन्तरता दिइरहिन् । उनको त्यही हिम्मत र आँटले आज उनलाई न्यायाधीशजस्तो गरिमामय पदमा स्थापित गराएको छ ।

सुरुवाती दिनमा पर्यटन क्षेत्र (प्राय: होटल तथा ट्राभल एजेन्सीहरू) को कानुनी सल्लाहकारका रूपमा काम गरेकी मल्लले महिलाविरुद्ध हुने हिंसालाई अपराधको दायराभित्र ल्याउन विशेष भूमिका निर्वाह गरेकी छिन् । नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी सिध्याइन् ।

नेपाल ल क्याम्पस (त्रिवि) बाट कानुनमा स्नातक मल्लले दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरी हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्ेरसन) कोर्सपूरा गरेकी छिन् । वि.सं. २०४३ साल चैतमा अधिवक्ताको लाइसेन्स प्राप्त गरेयता उनले पछाडि फर्केर हेर्नुपरेन ।

वि.सं. २०६९ फागुनमा बरिष्ठ अधिवक्ताको लाइसेन्स प्राप्त गरेपछि सपनाको व्यस्तता थपियो । सन् १९९६ को मेमा एफडब्ल्युएलडी (महिला कानुन र विकास मञ्च) स्थापना गरी महिला अधिकारका क्षेत्रमा काम प्रारम्भ गरेकी सपना महिलाविरुद्ध रहेका कानुनको अध्ययन तथा त्यसको कानुन संशोधनका विविध कार्यमा सक्रिय रहिन् ।

विशेषगरी सार्वजनिक हितका मुद्दा अदालतमा लगी कानुन संशोधन गर्न सरकारलाई झकझक्याउने काम गरेकी सपनाले छोरीलाई सम्पत्तिमा समान अधिकार, गोपनीयताको संरक्षणसम्बन्धी निर्देशिका, वैवाहिक बलात्कारलाई अपराधको दायरामा ल्याउने कानुन, पीडितको साक्षी, संरक्षण र खर्च भराउने निर्णय, गर्भपतनको सुलभ उपलब्धता सुनिश्चित गराउनुपर्ने व्यवस्थालगायतका विशेष र महिलाका हकमा महत्वपूर्ण अर्थ राख्ने अधिकार स्थापित गर्न सक्रियता देखााइन् ।

वि.सं. २०६५ वैशाखमा पहिलो संविधानसभा सदस्य भएकी सपनाले वर्तमानसंविधानलाई लैंगिकमैत्री, सीमान्तकृतमैत्री तथा प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएकी छिन् । यति मात्र होइन घरेलु हिंसासम्बन्धी कानुन निर्माण समितिको संयोजक, मुलुकी ऐन एघारौं संशोधन, गर्भपतनलाई निरपराधीकरण गर्ने ऐन तथा मानव बेचबिखनविरुद्ध कानुन निर्माण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी प्रधान गु्रबर इन्टरनेसनल अवार्डद्वारा सम्मानित छिन् ।

वि.सं. २०७० सालमा संयुक्त राष्ट्रसंघको यातनाविरुद्धको समिति सदस्य सपनाले विगतमा श्रमिक कानुन विशेषज्ञका रूपमा काम गरिसकेकी छिन् । सपनाप्रधान मल्ल वि.सं २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएकी हुन् । सपना न्यायका आँखामा सबै समान हुन्छन् भन्ने सिद्धान्तलाई लिएर अघि बढेकी छिन् ।

 

 Image