Successfully Copied

शुभेच्छा र शिल्पा

नारीको कभर फोटोसुटका क्रममा शुभेच्छा र शिल्पा सँगै भएपछि थाहा भयो, उनीहरू मिल्ने साथी हुन् । फोटोसुटका क्रममा एकले अर्काको मेकअप, पहिरन, स्टाइलजस्ता कुरामा प्रतिक्रिया जनाउँदै सुझाव दिइरहेका उनीहरूबीच ईष्र्या र इगो पटक्कै देखिएन ।

नारीको कभर फोटोसुटका क्रममा शुभेच्छा र शिल्पा सँगै भएपछि थाहा भयो, उनीहरू मिल्ने साथी हुन् । फोटोसुटका क्रममा एकले अर्काको मेकअप, पहिरन, स्टाइलजस्ता कुरामा प्रतिक्रिया जनाउँदै सुझाव दिइरहेका उनीहरूबीच ईष्र्या र इगो पटक्कै देखिएन । उनीहरू आपसमा इयररिङदेखि जुत्तासम्म सेयर गरिरहेका थिए । अध्ययनका साथै करियर निर्माणमा व्यस्त यी दुवैजना कर्ममा विश्वास राख्छन् । अहिले लन्डनमा आइडेन्टी स्कुल अफ एक्टिङ कलेजमा अभिनय सिकिरहेकी शिल्पा मास्केले इन्डियन कल्चर सेन्टर द भवनमा क्लासिकल कत्थक तथा ओडिसी नृत्य सिकेकी थिइन् ।

अभिनय एवं नृत्यमा सानैदेखि रुचि राख्ने शिल्पा अहिले हलिउड चलचित्रमा सहायक कलाकारका रूपमा कामको अनुभव बटुलिरहेकी छिन् । शिल्पाले लन्डनमै बली फ्लेक्स बलिउड डान्स ग्रुपमा छनोट भएर प्रस्तुतिसमेत दिँदैछिन् । नेपाल आउनुअघि उनले अक्षयकुमार अभिनीत चलचित्र गोल्डमा डान्सरको भूमिका समेत निर्वाह गरेकी थिइन् । अहिले शिल्पा नेपाली चलचित्र ब्रेकअपमा काम गर्न नेपाल आएकी हुन् । भविष्यमा आफूलाई कलाकारका रूपमा स्थापित गराउने योजनामा रहेकी मास्के बेलायतमा सिकेको अभिनय एवं नृत्य कलालाई नेपाली चलचित्रमा उतार्न चाहन्छिन् ।

त्यस्तै सन् २०१२ की मिस इन्टरनेसनल शुभेच्छा खड्का मिडिया, इभेन्ट तथा विज्ञापन जगत्मा अघि बढिरहेकी छिन् । उनी बाइक राइडरहरूको रियालिटी शो ‘पल्सर डेर भेन्चर’ की संचालिका पनि हुन् जुन टेलिभिजन शृंखलाका रूपमा प्रसारणमा आउँदैछ । ‘म पानी’ को व्यवसायमा व्यस्त खड्का विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर पनि हुन् । अहिले उनी कोरियामा आयोजना हुन लागेको वल्र्ड मिस युनिभर्सिटीको तयारीमा जुटिरहेकी छिन् । संसारभरिका युनिभर्सिटीमा अध्यनरत विद्यार्थीहरूले भाग लिने उक्त प्रतियोगितामा शुभेच्छाले त्यहाँ आफू अध्ययनरत डब्लुएलसी कलेजको प्रतिनिधित्व गर्ने बताइएको छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ, तस्बिर : महेश प्रधान

पहिरन : रमिला नेमकुल, कासा, पाटन ढोका

मेकअप : श्रद्धा मास्के, भिडियो : मनीष अमात्य तथा निशान्त श्रेष्ठ

लोकेसन : बबरमहल रिभिजिटेड

 Image