Successfully Copied

थर्ड रनर अपको उपाधि सिम्रनलाई

अक्टोबर २३ मा दक्षिण कोरियाको सोल ड्रागन सिटीमा सम्पन्न ‘द ब्राइड अवार्डस् २०१७’ मा नेपालको प्रतिनिधित्व गरेकी सिम्रन खड्का थर्ड रनर अप उपाधिको चुम्न सफल भएकी छिन् । काठमाडौं कोटेश्वर निवासी २० बर्षिया सिम्रन नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न तेस्रो संस्करणको मोडल हन्ट

अक्टोबर २३ मा दक्षिण कोरियाको सोल ड्रागन सिटीमा सम्पन्न ‘द ब्राइड अवार्डस् २०१७’ मा नेपालको प्रतिनिधित्व गरेकी सिम्रन खड्का थर्ड रनर अप उपाधिको चुम्न सफल भएकी छिन् । सहभागिको आवरणीय सुन्दरता, सकरात्मक साेंच सहितको आकर्षक व्यक्तित्व, सामाजिक सक्रियता तथा स्वच्छ चरित्रलाई मुल्यांकनको मुख्य आधार बनाएको उक्त प्रतियोगिताको विजेताका रुपमा कोरियाकी छोइ युन शु छनौट भइन् भने रसियाकी अनिता स्टाफिभा फस्ट तथा मंगोलियाकी अनुन्दरी दासदोर्ज सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।

काठमाडौं कोटेश्वर निवासी २० बर्षिया सिम्रन नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न तेस्रो संस्करणको मोडल हन्ट नेपाल नामक प्रतियोगिताका फस्ट रनर अप विजेता हुन् । उनले प्रतियोगितामा डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपालीपन झल्काउने मौलिक एवं राष्ट्रिय पहिरन सहित प्रस्तुति दिएकी थिइन् । उक्त प्रतियोगिताका लागि सिम्रनको प्रतिनिधित्वका लागि व्यवस्थापन तथा संयोजना नेक्सट मोडल्स नेपालले गरेको हो ।

 Image