Successfully Copied

पहिलो पारिश्रमिकले नेपाली शब्दकोश किने

सानैदेखि अरुणा लामाका गीत गुनगुनाउँथेँ । पछि उहाँका गीत गाएर थुप्रै पुरस्कार समेत पाएँ । दीप श्रेष्ठ, सुकमित गुरुङ, रीमा गुरुङ तथा सिनी गुरुङको स्वरबाट प्रभावित छु । मैले आफ्ना बुबा–आमा (उदय–मनिला) को गायन शैलीबाट प्रभावित भएर गीत गाउन थालेकी हुँ । अहिलेका

अहिले केमा व्यस्त हुनुहुन्छ ?

एल्बमका लागि म्युजिक भिडियोहरू बनाइरहेकी छु । ३ वटा तयार भए, अर्को एउटा बनाउने क्रममा छु । अहिले एल्बम मात्र निकालेर हुँदैन, म्युजिक भिडियो अत्यावश्यक छ ।

आफ्नो यो नयाँ एल्बममा कस्ता गीत समावेश गर्नुभएको छ ?

पप र प्रेम गीतहरू नै छन् । मेरै स्टाइलका गीतलाई ठाउँ दिएकी छु ।

कुन पुस्तालाई लक्षित गरी गाउनुहुन्छ ?

अहिलेसम्म यही पुस्ताका लागि भनेर कुनै गीत गाएकी छैन । मेरा गीत स्कुले नानीहरूदेखि पाका व्यक्तिहरू सम्मले रुचाएका छन् ।

गीत गाएको पहिलो कमाइले के किन्नुभयो ?

मैले चार कक्षामा पढ्दा पहिलो जिंगल गाएकी थिएँ । त्यसवाट आएको पारिश्रमिकले नेपाली शब्दकोश किनेकी थिएँ जुन आजसम्म मसँगै सुरक्षित छ ।

त्यसो भए पढाइमा त अब्बल हुनुहुन्थ्यो हैन ?

त्यस्तो पनि होइन, म पढाइमा ठिकै मात्र थिएँ ।

अहिलेसम्म कतिवटा गीत रेकर्ड गराइसक्नुभयो ?

हिसाबै त गरेको छैन तर सय नाघिसके होलान् ।

सांगीतिक क्षेत्रमा कोबाट प्रभावित हुनुहुन्छ ?

सानैदेखि अरुणा लामाका गीत गुनगुनाउँथेँ । पछि उहाँका गीत गाएर थुप्रै पुरस्कार समेत पाएँ । दीप श्रेष्ठ, सुकमित गुरुङ, रीमा गुरुङ तथा सिनी गुरुङको स्वरबाट प्रभावित छु । मैले आफ्ना बुबा–आमा (उदय–मनिला) को गायन शैलीबाट प्रभावित भएर गीत गाउन थालेकी हुँ । अहिलेका इन्दिरा जोशी, आस्था राउत तथा आस्था तामाङ मास्केको शैली मन पर्छ ।

गायन वाहेक अन्य के–कस्ता कुरामा रुचि छ ?

नौला ठाउँ घुम्न तथा नयाँ–नयाँ परिकार पकाएर ख्वाउन रुचि छ ।

 Image