Successfully Copied

घरमै रेस्टुराँ

अहिलेका बालबालिकाहरू रेस्टुराँमा पाइने मीठा परिकारका पारखी छन् । बालबालिकाहरूमा फास्टफुडको यस्तो प्रभाव पर्नुलाई सकारात्मक मान्न सकिँदैन । कहिलेकाहीँ रमाइलोका लागि रेस्टुराँ जानु ठीकै भए पनि सदैव रेस्टुराँको खाना खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ ।

अहिलेका बालबालिकाहरू रेस्टुराँमा पाइने मीठा परिकारका पारखी छन् । बालबालिकाहरूमा फास्टफुडको यस्तो प्रभाव पर्नुलाई सकारात्मक मान्न सकिँदैन । कहिलेकाहीँ रमाइलोका लागि रेस्टुराँ जानु ठीकै भए पनि सदैव रेस्टुराँको खाना खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । त्यसबाट जोगिन घरकै भान्सामा बालबालिकाहरूलाई मनपर्ने परिकार पकाइदिएर रेस्टुराँको स्वाद बिर्साइदिन सकिन्छ ।

भेज बर्गर

सामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४ वटा, टमाटरको स्लाइस २ वटा, प्याज मसिनो गरी काटेको २ चम्चा, सलाद पात २ वटा, टोम्याटो सस २ चम्चा, चाट मसला आधा चम्चा, चीजको ४ स्लाइस तथा काँक्रा २ टुक्रा ।

 

आलु टिक्की बनाउने विधि : ६ वटा पाउरोटीका टुक्रालाई मिक्सरमा पिसेर आलुमा अदुवा, हरियो खुर्सानीको पेस्ट तथा नुन हालेर मिक्स गरी टिक्कीको आकार दिने अनि तेलमा डिप फ्राई गर्ने ।

बर्गर बनाउने विधि : बर्गर ब्रेडको बीचमा काटेर दुवै भागमा टोम्याटो सस लगाउने । एकपछि अर्काे गर्दै सलादको पात, टमाटर, प्याजको स्लाइस तथा आलुको टिक्की राख्ने । हरेक स्लाइसको बीचमा चाट मसला छर्कने । त्यसमा स्लाइस चीज राख्ने र माथिबाट काँक्रा, टमाटर र प्याजको स्लाइस राख्ने । चाट मसला छर्केर माथिबाट अर्काे ब्रेडले बन्द गर्ने । टुथपिक लगाएर ओबनमा बेक गर्ने ।

 Image