Successfully Copied

बोल्ड चरित्र रुचाउने दीपिका

दीपिका अब अभिनय, पर्सनल ग्रुमिङ एवं नृत्यसम्बन्धी प्रशिक्षण लिएर मात्र चलचित्रमा आउने तयारीमा छिन् । गौरी मल्ल तथा राजेश हमालको अभिनय मन पराउने दीपिकालाई आफ्ना कमी–कमजोरी औंल्याइदिने तथा नयाँ कुरा सिकाइरहने मानिसहरू मन पर्छन् । दीपिका क्याजुअल पहिरनमा हल्का न्युड मेकअपमा सजिन रुचाउँछिन्

दुई वर्षअघिदेखि पेपर एड एवं फोटोसुटमार्फत मोडलिङको अनुभव बटुलिरहेकी दीपिका प्रसाईंलाई चलचित्रमा आफ्नो उपस्थिति देखाउने रहर त थियो तर उनले यति छिट्टै चलचित्रमा अभिनय गर्न पाउने अपेक्षा भने गरेकी थिइनन् । एक वर्षअघि नै ऐश्वर्य चलचित्रको टिमले उनलाई अफर गरेको थियो तर ब्याचलर अन्तिम सत्र अध्ययनरत दीपिकाले मास्टर्स नपढी अभिनयमा नआउने संकल्प लिइन् ।

वर्ष दिनपछि त्यही प्रोजेक्टका लागि पुन: अफर आयो त्यसपछि भने उनले त्यसलाई स्वीकार गरिन् । ऐश्वर्यको महिला केन्द्रित तथा बोल्ड चरित्रले उनलाई आकर्षित गरेको थियो । एक वर्षभित्र उनलाई अरू पनि चलचित्रका अफर आए तर उनले तिनलाई भने स्वीकार गरिनन् ।

दीपिका अब अभिनय, पर्सनल ग्रुमिङ एवं नृत्यसम्बन्धी प्रशिक्षण लिएर मात्र चलचित्रमा आउने तयारीमा छिन् । गौरी मल्ल तथा राजेश हमालको अभिनय मन पराउने दीपिकालाई आफ्ना कमी–कमजोरी औंल्याइदिने तथा नयाँ कुरा सिकाइरहने मानिसहरू मन पर्छन् । दीपिका क्याजुअल पहिरनमा हल्का न्युड मेकअपमा सजिन रुचाउँछिन् ।

 

संयोजन :     सिर्जना दुवाल श्रेष्ठ

तस्बिर :     महेश प्रधान

मेकअप :     रीमा शाक्य,   ग्लामोरोमा ब्युटिपार्लर पुल्चोक

पहिरन :     पिजेड कलेक्सन, सिभिल मल

लोकेसन :     लबिम मल, पुल्चोक

 Image