Successfully Copied

भारोत्तोलनमा कमलाको रेकर्ड

क्रमश: आफ्नै रेकर्ड तोड्दै गएकी कमलाले पछाडि फर्केर हेर्नुपरेको छैन । साउथ एसियन, एसियन, इन्डो एसियन भारोत्तोलनमा प्रतिस्पर्धा गरिसकेकी कमला जापानमा भएको एसियन गेममा ३ वटा राष्ट्रिय रेकर्ड तथा नेपालमा सम्पन्न एसियाली खेलमा ३ वटा राष्ट्रिय रेकर्ड राख्दै समूह विजेता भएकी थिइन् ।

सुरुमा कराँते खेलाडी कमला श्रेष्ठ भारोत्तोलनप्रति रुचि बढेपछि यसमै लागिन् । पहिले ५८ केजीको राष्ट्रिय खेलमा कीर्तिमान बनाएकी कमलाले लगातार रेकर्ड कायम गरिरहिन् ।

क्रमश: आफ्नै रेकर्ड तोड्दै गएकी कमलाले पछाडि फर्केर हेर्नुपरेको छैन । साउथ एसियन, एसियन, इन्डो एसियन भारोत्तोलनमा प्रतिस्पर्धा गरिसकेकी कमला जापानमा भएको एसियन गेममा ३ वटा राष्ट्रिय रेकर्ड तथा नेपालमा सम्पन्न एसियाली खेलमा ३ वटा राष्ट्रिय रेकर्ड राख्दै समूह विजेता भएकी थिइन् ।

उनले इन्डो एसियन गेममा समेत एउटा राष्ट्रिय रेकर्ड कायम गरिन् । अब उनी ओलम्पिकको तयारीमा जुटेकी छिन् । कमलाको एउटै लक्ष्य छ–भारोत्तोलन खेलमार्फत अन्तर्राष्ट्रिय जगत्मा देशको नाम राख्ने ।

 Image