Successfully Copied

गृहलक्ष्मीमा हुनुपर्ने गुण

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ति छ भने त्यसको कारण हो त्यस घरकी महिलामा घरलाई ऐश्वर्य बनाउने कला प्राप्त छ, महिला जननी हुन्, धैर्य हुन् । शील हुन् र स्वीकारको गुण भएकी सर्वस्वीकार्य धर्ती माता हुन् । त्यसैले त धर्ती, सम्पत्ति,

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ति छ भने त्यसको कारण हो त्यस घरकी महिलामा घरलाई ऐश्वर्य बनाउने कला प्राप्त छ, महिला जननी हुन्, धैर्य हुन् । शील हुन् र स्वीकारको गुण भएकी सर्वस्वीकार्य धर्ती माता हुन् । त्यसैले त धर्ती, सम्पत्ति, देवी सबै शक्ति र गुणहरूमा स्त्री शब्द जोडिएर आएको हुन्छ । यस अर्थमा स्त्रीलाई सर्वस्वीकार्य एवं धैर्यको प्रतीक मानिन्छ । यी सब महिलामा हुने स्वभाव र गुण हुन् ।

सम्बन्धको धनले परिपूर्ण : आज हामी जहाँ जुन अवस्था र जुन पदमा अनि जुन तरिकाले जीवन बिताइरहेका छौं हामीसँग जोडिएका हेरक सम्बन्धले हामीलाई यो अवस्थामा ल्याउन मद्दत पुगेको छ । घरपरिवारमा, नातेदार तथा साथीभाइबीच सम्बन्ध राम्रो बनाउन घरकी महिलाको महत्वपूर्ण हात रहेको हुन्छ । सासू–बुहारी, नन्द–आमाजू, श्रीमान्–श्रीमती एवं अभिभावक–सन्तानबीचको सम्बन्धलाई सुमधुर राख्न महिलाको भूमिका सकारात्मक हुनुपर्छ । यो सत्य हो कि राम्रो सम्बन्ध राख्न जान्नेले सबैको सहयोग प्राप्त गर्छ  । उसको जीवनमा खुसी नै खुसी छाएको हुन्छ भने जसले सम्बन्ध राम्रो बनाउन सकेको छैन उसको जीवनमा बाहिरी सफलता जति धेरै भए पनि भित्रबाट ऊ दु:खी र तनावपूर्ण हुन्छ ।

आफ्नो काम र परिश्रम अनि मानपदवी र इज्जत एकातिर भए पनि घरभित्रको परिवारसँगको सुखद् सम्बन्ध र घरबाहिरका नाता कुटुम्ब, साथीभाइ अनि कार्यालयका साथीभाइ, कर्मचारी र व्यापार–व्यवसायदेखि लिएर जहाँ–जहाँ हाम्रो सम्बन्ध जोडिएको हुन्छ ती सबै सम्बन्ध राम्रो राख्न सकिएन भने भित्रबाट दु:खको अनुभूति हुन्छ । जरुरी छैन र सम्भव नहोला सबैलाई खुसी राख्न तर ती सम्बन्धलाई सकारात्मक तरिकाले सोच्ने, आफूले राम्रो गर्ने र सम्यक रूपमा सम्बन्ध निर्वाह गर्नाले आफूलाई शान्ति मिल्छ । अरूले कस्तो व्यवहार गर्छ, कस्तो धारणा बनाउँछ त्यो उसको कुरा भयो,उसको धारणा हो । हामीले हाम्रा सम्बन्धहरू कसरी कायम गरेका छौं त्यसको जिम्मेवार भने हामी आफैं नै हौं ।

सबैको भावना र स्वभाव बुझेर कसरी मिठासपूर्ण सम्बन्ध राख्ने, वृद्ध आमाबुवा र दाजुभाइ अनि दिदीबहिनीसँगको भूमिका, किशोरावस्थाका छोराछोरीसँगसुमधुर सम्बन्ध कायम राख्ने कला जान्नु सुमधुर सम्बन्धका लागि अति आवश्यक छ । परिवार र सम्बन्धलाई सकेसम्म समय दिने, उनीहरूसँग भएको सानो कुरासँग पनि रमाइलो मानिदिने र हौसला अनि प्रशंसा दिने अनि बेलाबेलामा परिवार जमघट भएर रमाइला कुराहरू गर्ने गर्नाले सम्बन्धमा सधैं मधुरता ल्याउँछ । जागिर, पैसा र अन्य उपलब्धिका लागि दौडदादौडदै हाम्रो सम्बन्धरूपी धन त्यसै खेर जानसक्छ भन्ने कुरा सदैव ख्याल गर्नुपर्छ ।

स्वास्थ्यरूपी धन : जीवनमा धेरै दु:ख र संघर्ष गरेर धन कमाइन्छ, पद, सम्मान आर्जन गरिन्छ तर स्वास्थ्य ठीक भएन र ठीक तरिकाले ती आर्जन गरेका चीजहरूको उपयोग गर्न पाइएन भने के अर्थ ? मानिस शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक रूपले स्वस्थ हुनुपर्छ । परिवारको स्वास्थ्य राम्रो राख्ने कुरामा महिलाको भूमिका महत्वपूर्ण रहन्छ । घरको खाना, वातावरण एवं सोचले स्वास्थ्यमा सीधै असर गर्ने हुँदा स्वस्थ खाना, प्रेमपूर्ण र शान्त वातावरण अनि सकारात्मक सोचले मात्र व्यक्ति स्वस्थ र मस्त रहन सक्छ ।मानिसले शारीरिक रोग मात्र आर्जन गर्दैनन्सोच र कर्महरूद्वारा धेरै मानसिक र सामाजिक रोग पनि आर्जन गरेका हुन्छन् ।

हिजोआज कृत्रिम कुराको प्रयोगमा बढी जोड दिइने कारणले पनि स्वास्थ्यमा खराबी देखिन थालेको छ । सजावटका लागि धेरै प्लास्टिकका सामान प्रयोग हुन्छन् । खाना खाने भाँडासम्मा प्लास्टिक प्रयोग गरिन्छ । प्लास्टिकका भाँडाबढी प्रयोग गरेका कारण हाम्रो मन पनि प्लास्टिकजस्तो हुन पुगेको छ । कृषिजन्य उत्पादन हुन् वा मासुजन्य एवं दूग्धजन्य उत्पादन  सबैमा विषादी र कृत्रिम रंग, क्रिम आदिको अत्यधिक प्रयोग हुन थालेको छ । हामी पनि शरीर र स्वास्थ्यका लागि भन्दा स्वादका लागि खान रुचाउँछौं । हामी जस्तो खान्छौं हाम्रो रगत त्यस्तै बन्छ र हाम्रो विचार पनि  ।विचार स्वस्थ नहुँदासम्म शरीर,मन एवं मस्तिष्क स्वस्थ रहँदैन । अस्वस्थ व्यक्तिले गर्ने व्यवहार, बचन,कर्म कसरी असल र स्वस्थ हुन सक्छन् ?

ध्यानरूपी धन :  गुनासो र अहंकारयुक्त स्वभावले मानिस सधैं अभाव र दु:खको जीवन बिताइरहेका भेटिन्छन् । अरूको जस्तो घर, पद, सन्तान, गाडी आदि जे पनि भौतिक सम्पत्ति छन् त्यो आफूसँग भएन भनेर गुनासो गर्ने बानी कतिपयमहिलामा हुन्छ ।

आफूसँग जे छ त्यसमा रमाउन नसक्ने र अरूसँगै तुलना गरेर आफूलाई अभाव र कमजोर ठान्ने महिलाको घरमा कसरी ऐश्वर्य प्राप्त होला । थोरै ध्यान, साधना र आफूभित्र हेर्ने कलाको विकास हुँदै गयो भने पत्ता लाग्ने रहेछ आध्यात्मिक स्वभाव प्रस्फुटन हुन पाएन भने बाहिरी सम्पन्नता प्राप्त भए पनि व्यक्ति भित्रबाट खोक्रो हुन्छ । अभावरहित,भावपूर्ण व्यक्ति नै एउटा स्वस्थ र सुखी  व्यक्ति कहलाउँछ  । ध्यान र योगद्वारा भित्र डुब्ने कला जान्न सके बिस्तारै मानिस अहंकार मुक्त हुन्छ  । अहंकार मुक्त भैसकेपछि व्यक्ति प्रेम, करुणा,दया आदि गुणले भरिपूर्ण हुन्छ । यो भन्दा ठूलो धन अरु के हुनसक्छ र ?अत : आफ्नो शरीरको रक्षा गरी प्रेम र सम्मानप्रतिसजग रहीजीवन बिताउनुपर्छ । अरूको धन र अरूको तनप्रतिको आकर्षण संसारप्रतिको आकर्षण हो । अरूको निन्दा र परिचर्चा मनको आदत हो भने स्वयंभित्र डुब्ने कला एवं आफैंलाई जान्नु ध्यान हो । ध्यानको अभाव नै दरिद्रता हो । परिवारलाई ध्यानमा डुब्ने कला सिकाउने र घरलाई शान्त र प्रेमपूर्ण राख्न महिलाको ठूलो भूमिका हुन्छ । अन्तर्मुखी चेतनालाई हेर्ने र जे छ त्यसमा रमाउने अनि सन्तोष मान्ने बानी बसाल्नु महिलाको महत्वपूर्ण गुण हो । आफैंसँग रमाउने कला जान्नु जत्तिको ठूलो धन अरू के हुन सक्ला ?

 Image