Successfully Copied

पौडी पोखरीमा टिन सुन्दरी

यतिखेर न अधिकतम तापक्रम बढी छ न त न्युनतम तापक्रम नै । पौडी पोखरीमा रमाउनेहरुका लागि यतिन्जेलसम्म मौसमले साथ दिएकै छ । यही तापक्रम मिल्दो मौसमलाई सदुपयोग गर्दै टिनएज वैशमा रमाउँदै गरेका २७ जना युवतीहरु पौडी पोखरीमा पौडी कला सिक्दै नयाँ अनुभव बटुल्दै

यतिखेर न अधिकतम तापक्रम बढी छ न त न्युनतम तापक्रम नै । पौडी पोखरीमा रमाउनेहरुका लागि यतिन्जेलसम्म मौसमले साथ दिएकै छ । यही तापक्रम मिल्दो मौसमलाई सदुपयोग गर्दै टिनएज वैशमा रमाउँदै गरेका २७ जना युवतीहरु पौडी पोखरीमा पौडी कला सिक्दै नयाँ अनुभव बटुल्दै गरेका छन् ।

मिस टिन कलेज २०१७ का प्रतिस्पर्धी यी टिनएज युवतीहरु प्रतियोगिता अन्तर्गतको विभिन्न सिकाई अन्तर्गत मध्येको पौडी कलाको अनुभव लिन पाएका हुन् । पौडी पोखरीमा पानीसंगको रमाइलो संगै संगीतको तालमा जुम्बासित साक्षात्कार गरिरहेका उनीहरु व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचार कला, स्टेज प्रस्तुतिकरण जस्ता प्रतियोगिताको आधारभूत पक्षहरुमा पनि उत्तिकै व्यस्त रहँदै आएका छन् ।

आउँदो कार्तिक ९ गते सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा फाइनल प्रतियोगिता तय गरिएको यो कार्यक्रम सिजन मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न हुनेछ ।

 Image