Successfully Copied

पोर्क चिल्ली र रोस्ट

नेपाल टेलिभिजनको सुरुवाती कालकी अंग्रेजी समाचारवाचिका हुन्–अर्चना तामाङ । डेनिडाकी क्षेत्रीय सल्लाहकारसमेत रहेर अनुभव बटुलेकी अर्चनाले केही वर्षयता पुल्चोकमा पोर्कका परिकारलाई विशेष प्राथमिकता दिएर क्याफे आमु नामक रेस्टुराँ स्थापना गरेकी छिन् जहाँ उनी आफ्नै तरिकाले घरको स्वादमा विभिन्न परिकार तयार पार्छिन् ।

पोर्क चिल्ली

सामग्री : पोर्कको बेलीको भाग आधा केजी, टिम्मुर आधा चम्चा, खुर्सानीको पेस्ट १ चम्चा, चामलको पीठो तथा कर्नफ्लोर १ चम्चा, ओस्टर सस १ चम्चा, क्याप्सिकन १ वटा, गोलभेंडा १ वटा, प्याज १ वटा एवं तिलको तेल २ चम्चा ।

विधि : पोर्कको बेली पार्टलाई स्लाइस गरी कुटेर त्यसमा टिम्मुर, खुर्सानीको पेस्ट, चामल तथा कर्नफ्लोर हालेर मोल्ने । मोलिसकेपछि त्यसलाई डिप फ्राई गरेर अलग्गै राख्ने । प्यानमा थोरै तेल हाली खुर्सानीको पेस्ट, ओस्टर सस, क्याप्सिकन, गोलभेंडा तथा प्याजलाई सोथे गरेर डिप फ्राई पोर्कका साथ एकछिन पकाउने । पाकिसकेपछि माथिबाट तिलको तेल हाल्ने । यो परिकारलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।

पोर्क रोस्ट

सामग्री : पोर्क फिल्ला १ केजी, सोया सस २ चम्चा, लसुनका पोटी २० वटा, भटमासको तेल १ चम्चा, धूलो खुर्सानी ३ चम्चा, मरिच आधा चम्चा तथा नुन स्वादअनुसार ।

विधि : फिलालाई राम्रोसँग पखालेर सोया सस दल्ने । २ वटा लसुन मासुलाई घोच्दै भित्र गाड्दै जाने । अब सोया सस, भटमासको तेल, खुर्सानीको धूलो तथा मरिचले दायाँ–बायाँ दलेर राख्ने । प्रेसरकुकरमा १ कप पानी तथा नुन हालेर तयार फिल्ला राख्ने । सिठी लगाएपछि सानो आँचमा १० मिनेटजति पकाउने । सिठी खोलेर माथिबाट कागतीको रस हालिदिने । पोर्कलाई निकालेर स्लाइस आकारमा काटेर सेतो प्लेटमा राख्ने र माथिबाट प्रेसरकुकरमा रहेको ग्रेभी खन्याइदिने । यो पोर्क रोस्ट निकै स्वादिलो हुन्छ ।

 Image