Successfully Copied

पाँच नेपाल सुन्दरीको नेपालबाट बिदाइ

मिस नेपाल ब्रान्ड अन्तर्गतका विभिन्न शीर्षकका ताजधारी सुन्दरीहरु निकिता चाण्डक, रोजिना श्रेष्ठ, निति शाह, सहारा बस्नेत र नगमा श्रेष्ठलाई मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले एक कार्यक्रमका वीच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफल सहभागिताको शुभकामना दिंदै बिदाइ गरेको छ ।

 

पछिल्लो समयमा नेपाल सुन्दरी र सुन्दरहरुले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने क्रम बढ्दै गएको पाइन्छ । यही क्रममा मिस नेपाल ब्रान्ड अन्तर्गतका विभिन्न शीर्षकका ताजधारी सुन्दरीहरु निकिता चाण्डक, रोजिना श्रेष्ठ, निती शाह, सहारा बस्नेत र नगमा श्रेष्ठलाई मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले एक कार्यक्रमका वीच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफल सहभागिताको शुभकामना दिंदै बिदाइ गरेको छ ।

मिस नेपाल वल्र्ड २०१७ का विजेता निकिता चाण्डकले आउँदो मंसीर २ गते अर्थात् नोभेम्बर १८ मा चीनको सान्या शहरस्थित सान्या सिटी एरिनामा संचालन हुने मिस वल्र्ड प्रतियोगिताको ६७ औं संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व जनाउने छिन् । मिस वल्र्डमा सहभागि हुन उनी यही असोज ३० गते त्यसतर्फ प्रस्थान गर्दैछिन् । मिस वल्र्ड अन्तर्गत मुख्य विधा मानिने ‘ब्युटी विथ पर्पस’ का  लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन् ।

यसैगरी यही कार्तिक १८ गते अर्थात् नोभेम्बर ४ मा फिलिपिन्सको पासेस्थित मल अफ एशिया एरिनामा संचालन हुने १७ औं संस्करणको मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउने छिन् मिस नेपाल अर्थ २०१७ की विजेता रोजिना श्रेष्ठले । उनले यो प्रतियोगिताका लागि नेपालको प्राकृतिक सुन्दरता र जलवायु परिवर्तनलाई केन्ऽित गरेर प्रोजेक्ट तयार पारेकी छिन् । रोजिना मिस अर्थमा सहभागि हुन फिलिपिन्स प्रस्थान गरिसकेकी छिन् ।

आगामी कार्तिक २८ अर्थात् नोभेम्बर १४ मा जापानको टोकियो शहरमा आयोजना हुने ५७औं संस्करणको मिस इन्टरनेशनल प्रतियोतिगामा नेपालको प्रतिनिधित्व गर्दै छिन् मिस नेपाल इन्टरनेसनल २०१७ की विजेता नीति शाह । उनी सो प्रतियोगितामा सहभागिताका लागि यही कार्तिक ७ गते जापान प्रस्थान गर्दैछिन् ।

यसैगरी मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनल २०१७ की विजेता साहार बस्नेत भने आउादो कार्तिक २३ अर्थात् नोभेम्बर ९मा फिलिपिन्समा संचालन हुने मिस एशिया प्यासिफिक इन्टरनेसनल २०१७ मा सहभागि हुनेछिन् । यसैगरी यो वर्ष देखि नेपाल सुन्दरीले मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । हालै मात्र मिस नेपाल युनिभर्स २०१७ का रुपमा औपचारिक रुपमा घोषणा गरिएका नगमा श्रेष्ठले । आगामी मंसिर १० अर्थात् नोभेम्बर २६ तारिखमा अमेरिका स्थित लास भेगासमा संचालन हुने ६६ औं संस्करणको मिस युनिभर्स २०१७ मा नेपालतर्फबाट सहभागिता जनाउने छिन् ।  

सन् २०१२ मिस नेपाल प्रतियोगिताको यात्रा तय गरेकी नगमा मिस नेपाल अर्थ २०१२ उपाधि विजेता बनेकी थिइन् । सोही वर्ष उनले मिस अर्थ २०१२मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् भने उनले सो प्रतियोगिताको अन्तिम आठ सम्मको यात्रा तय गरेकी थिइन् । त्यसपछि उनले २७ जनवरी २०१६मा चीनको बेइजिङमा संचालन भएको २७औं संस्करणको वल्र्ड मिस युनिभर्सिटी २०१६ मा सहभागिता जनाएकी थिइन् । जसमा उनी मिस फिटनेसको अवार्ड सहित थर्ड रनर अपको ताज पहिरिन सफल भइन्  । उनी २७औं वल्र्ड मिस युनिभर्सिटी पिस सर्भिस कर्पस्का लागि शान्ति दूतका रुपमा पनि नियुक्त भएकी थिइन् । वर्ष २०१६मै मार्च २७ देखि अप्रिल १५ इजिप्टमा संचालन भएको ‘मिस ईको युनिभर्स २०१६’ प्रतियोगितामा नगमाले तेस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् । सो स्पर्धामा नगमा श्रेष्ठ वेष्ट टुरिजम भिडियोको अवार्ड जित्न सफल भएकी थिइन् ।  

 Image