Successfully Copied

किचेन एसेसरिज

युग परिवर्तनसँगै दैनिक प्रयोग गरिने सामग्रीहरूमा समेत निकै परिवर्तन आइसकेको छ । खानपान, लवाइखवाइ तथा लाइफस्टाइल परिवर्तन गराउने यस्ता सामग्रीहरू वर्तमान मानव जीवनमा महत्वपूर्ण मान्न थालिएको छ । किचन सुस्ताउने स्थान पनि हो । बेलुका परिवार जम्मा भएर डिनरसँगै गफगाफमा रम्दा दिनभरिको थकाइ

युग परिवर्तनसँगै दैनिक प्रयोग गरिने सामग्रीहरूमा समेत निकै परिवर्तन आइसकेको छ । खानपान, लवाइखवाइ तथा लाइफस्टाइल परिवर्तन गराउने यस्ता सामग्रीहरू वर्तमान मानव जीवनमा महत्वपूर्ण मान्न थालिएको छ । किचन सुस्ताउने स्थान पनि हो । बेलुका परिवार जम्मा भएर डिनरसँगै गफगाफमा रम्दा दिनभरिको थकाइ मर्छ । किचन यस्तो स्थान हो जहाँ गृहिणीले बढी समय बिताउँछन् भने बालबालिका किचन पस्दा खुसी मान्छन् । किचन त्यो स्थान हो जहाँ हरेक मानिस तृप्त हुन्छन् तसर्थ किचन सफा, स्वस्थ, स्वच्छ एवं आकर्षक हुनुपर्छ । यस्तो किचनलाई आकर्षक बनाउँछन् त्यहाँ राखिएका एसेसरिजले ।

हिजोआज बजारमा नयाँ–नयाँ शैली र ढाँचाका किचन एसेसरिज देखा पर्न थालेका छन् । यस्ता किचन एसेसरिजमा कुकिङ रेन्जदेखि लिएर ओभन, ब्लेन्डर–जुसर, ग्य्रान्डर तथा कप–प्लेट, चक्कु–काँटा–चम्चा आदिसम्म छन् जसले भान्सालाई चित्ताकर्षक बनाउन सघाइरहेका हुन्छन् । अहिले महँगा डिनरसेट पनि खुब चलेका छन् । उहिलेका स्टिल, ढलौट अनि सिलवरको स्थान अहिले मेलामाइन, सेरामिक तथा प्लास्टिकले ओगट्न थालेका छन् भने दाउरे चुल्होको ठाउँमा स्टोभ, स्टोभको ठाउँमा ग्याँस चुल्हो अनि ग्यास चुल्होको ठाउँमा कुकिङ रेन्ज तथा इन्डक्सन भित्रिएका छन् । हातले खाना खानुको सट्टा काँटा–चम्चा, अझ कतै त स्टिक (सानो आकर्षक लठ्ठी) प्रयोग हुन थालेका छन् । भाटभटेनी सुपरमार्केटमा ८ सयदेखि ८० हजार रुपैंयाँसम्मका कपप्लेट तथा डिनर सेट उपलब्ध हुन्छन् । ब्रान्ड, गुणस्तर एवं सामानको डिजाइनअनुसार मूल्य तोकिएका यी सामग्रीको माग चाड–पर्वमा अत्यधिक हुने बिक्रेताहरू बताउँछन् । यति मात्र नभै हिजोआज किचनमा राखिने फेङसुई, लाफिङ बुद्ध, गणेश, लकप्लान्ट आदि पनि ग्राहकहरूले किचन एसेसरिजकै रूपमा खरिद गर्ने गरेका छन् ।

इन्टरनेसनल डिस्ट्रिब्युटरका बिजनेस हेड रमेश श्रेष्ठका अनुसार अहिले बढी मात्रामा जग सेट (यसभित्र ६ पिस वाटर ग्लास आउँछ), डिनर सेट, माइक्रोवेभमा प्रयोग हुने सिसाका भाँडाहरू तथा वाइनग्लासको माग छ । फ्रेन्च ब्रान्ड लुमिनार्क किचन एसेसरिज उपलब्ध हुने इन्टरनेसनल डिस्ट्रिब्युटरमा ४ हजार ५ सयदेखि १३ हजारसम्म पर्ने डिनर सेट बिक्रीमा राखिए पनि ६ हजारदेखि १० हजारसम्मका सामग्री बढी बिक्री हुने श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्–‘यो ननपोरस अर्थात् चिल्लो नलाग्ने आइटम हो । यसले डाइनिङ टेबलको शोभा बढाउँछ । माझ्न सहज हुने र स्ट्यान्डर्ड मेन्टेन गर्ने हुँदा यस्ता सामग्रीप्रति मानिसहरूको आकर्षण बढ्दो छ । फुट्ने नै भए पनि १ हजारदेखि १ हजार २ सय रुपैयाँ पर्ने सिसाका वाइन ग्लास स्टाइलिस्ट जीवन बिताउनेहरूको रोजाइमा पर्छ ।

बाल्ट्रा कम्पनी गुणस्तरको हिसाबले अब्बल मानिन्छ । भारतीय कम्पनी बाल्ट्राले पानी तताउने ठूला–साना भाँडादेखि लिएर रोटी मेकर, पिठो मुछ्ने मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक बारबिक्युव, मिक्स्चर–ग्य्रान्डर, टोस्टर आदिका साथै भान्सामा प्रयोग हुने अन्य भाँडावर्तन उत्पादन गर्छ । बाल्ट्राको नेपालस्थित आधिकारिक बिक्रेता सुशील जैन भन्छन्–‘किचन एसेसरिज छान्दा जहिले पनि ब्रान्ड कन्सियस हुनुपर्छ । स्वस्थता र टिकाउका हिसाबले पनि हामी ब्रान्डेड नै छनौट गर्न सुझाउँछौं ।’ जैनका अनुसार नेपालमा बाल्ट्राले सबैभन्दा धेरै बिक्री गर्ने भनेको इलेक्ट्रिक केटल, राइस कुकर, रोटी मेकर तथा मिक्स्चर–ग्य्रान्डर हुन् । त्यसबाहेक यसका हिटर, पिज्जा प्यान तथा ओभनको माग पनि राम्रै छ ।

होम ग्लोरी (युनिभर्सल ट्ेरडर्स) का म्यानेजर अमन अग्रवालका अनुसार होम ग्लोरीमा राइस कुकर, ग्रान्डर, मिक्स्चर, हिटर, केटल, कपप्लेट तथा डिनरसेट, ग्लास सेट, वाइन तथा बियर ग्लास आदि उपलब्ध छन् । मिल्डा कम्पनीका उत्पादन बिक्री गरिने न्यूरोडस्थित होम ग्लोरी (युनिभर्सल ट्ेरडर्स) ले किचनमा लागि आवश्यक हरेक सामग्री बिक्री गर्छ । आफूकहाँ २ हजारदेखि ८ हजारसम्म पर्ने डिनरसेट बढी बिक्री हुने अमनले बताए । अमन भन्छन्–‘हिजोआज मानिसहरू फेन्सी सामग्रीतर्फ बढी आकर्षित हुन्छन् । यसमा दाग लाग्दैन, हेर्दा राम्रो देखिन्छ, माइक्रोवेभमा राख्न मिल्छ अनि भाँडा माझ्दा लामो समय लाग्दैन । जसरी जेनरेसन चेन्ज हुँदैछ त्यसरी नै हामीले दैनिक प्रयोग गर्ने सामग्रीहरूमा समेत परिवर्तन आउँदैछ ।’

भारतीय ब्रान्ड हकिन्स, फ्युच्युरा आदिले विभिन्न किचन एसेसरिज नेपाल पठाइरहेका बेला नेपाली उत्पादन डायमन्ड पनि बजारमा चम्किएको छ । २० भन्दा बढी प्रकारका सामग्री उत्पादन गर्ने डायमन्ड कम्पनीका प्रेसर कुकर, कराई, मम पकाउने भाँडा तथा हार्ड एनोडाइज प्यान आदि लोकप्रिय छन् । डायमन्डका नीरञ्जन सिलवाल भन्छन्–‘हाम्रा उत्पादन कुनै विदेशी उत्पादनभन्दा कम छैनन् । हामी विविधताका साथै गुणस्तरमा समेत अब्बल छौं । हामीले उत्पादन गर्ने हार्ड एनोडाइज प्यान तथा कराई ननस्टिककै हाराहारीमा छ जुन टिकाउ एवं गुणस्तरीय हुनुका साथै सुलभ मूल्यमा उपलब्ध हुन्छ ।’

 Image