Successfully Copied

२०७४ साल असोज महिनाको राशिफल

चिन्ता हट्नेछ भने शरीर पनि स्वस्थ रहनेछ । कतै सानोतिनो यात्रामा जाने वा माइती जाने मुड बन्नसक्छ । खानपानका साथै आहारविहारमा सजग रहनुुहोला । कसैको कुुरामा राम्रोसँग चिन्तन–मनन गरी प्रत्युुत्तर दिनसके सम्भावित विवाद एवं अपजसबाट जोगिन सकिनेछ । सकेसम्म तटस्थ रहनुुमै आफ्नो भलो

मेष

मन तथा शरीर स्वस्थ रहनेछ । छोराछोरीले कहिलेकाहीँ अनाहकमा दुु:ख दिनसक्छन् । गर्भवती एवं सुुत्केरी महिलाहरूले खानपिनका साथै आराममा ध्यान पुर्‍याउनुुपर्ने बेला छ । जुुम्ल्याहा सन्तान प्राप्त हुने योग छ । श्रीमान्सँग सानातिना कुुरामा पनि वादविवाद हुुनसक्छ । कुनै कुुरा बोल्नुु वा कुनै काम गर्नुुअगावै राम्रोसँग विचार पुर्‍याए अनपेक्षित विवाद टर्नसक्छ ।

 

वृष

दाजुुभाइ एवं दिदीबहिनीहरूसित आपसी सल्लाह हुुनसक्छ । कुुनै कुुरालाई लिएर श्रीमान्सँग सामान्य मनमुुटाव हुुने सम्भावना छ । मुुुहार जति नै रसिलो भए पनि मन कुँडिन सक्छ । इष्टमित्र एवं मित्रवर्गसित भेटघाट हुनेछ । नवीन कार्य प्रारम्भ गर्ने विचार मनमा आउनसक्छ । अविवाहिताहरूले आफ्नो परिवारसमक्ष आफ्नो प्रेमसम्बन्धी कुुरा खोल्न कुुनै माध्यमको सहारा लिनुुपर्नेछ ।

 

मिथुन

घरायसी कुुरालाई लिएर पारिवारिक छलफल हुुनसक्छ । घरमा विभिन्न सामग्रीको जोरजाम हुुनेछ । साथीभाइले कुुनै न कुुनै माध्यमबाट साथ दिनेछन् । आर्थिक पक्ष सुुदृढ हुुनुुका साथै व्यावसायिक क्षेत्र पनि सबल रहनेछ । सन्तान सुुख मिल्नेछ । कसैलाई दिएको सापटी रकम फिर्ता हुनेछ । पारिवारिक खुुसीका निम्ति केही बढी नै खर्च होला ।

 

कर्कट        

सन्तोषजनक महिना छ । दाम्पत्यजीवन सुुखमय रहनेछ । घुुम्न जाने अवसर पनि मिल्नसक्छ । सन्तान सुुखका निम्ति केही खर्च हुुनसक्छ । व्यक्तिगत खुुसीका लागि कुुनै कार्य गर्ने अवसर प्राप्त होला । मन मनोरञ्जक क्रियाकलापतर्फ आकृष्ट हुुनसक्छ । कुुनै कामविशेषले टाढा भएका प्रियजनसित भेटघाट हुनेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सफल देखिन्छ ।  

 

सिंह

दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । व्यक्तिगत कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक सुुख मिल्नेछ । विभिन्न कुुराको लाभ हुनेछ । मनमा नकारात्मक विचार उत्पन्न हुनसक्छ, कुुनै–कुुनै कार्यमा अपेक्षाकृत परिणाम नमिले पनि मध्यम खालको सफलता हात पर्ला । मौसम परिवर्तनका कारण टाउको एवं आँखा दुुख्ने तथा रुघाखोकी लाग्नेजस्ता समस्या सिर्जना हुनसक्छन् । अनावश्यक खर्च हुुने योग छ ।

 

कन्या

आकस्मिक यात्रा हुुनसक्छ । दाम्पत्य जीवनमा सामान्य ठाकठुुक परे पनि माया, विश्वास एवं समझदारी कायम रहनेछ । शरीर फुर्तिलो तथा मन चङ्गा  हुनेछ । यात्रामा समस्या सिर्जना हुनसक्छ । ९ गतेसम्म बोलीका साथै व्यवहारमा पनि सजगता अपनाउनुुपर्नेछ । कसैले आफूप्रति सहयोगी भावना एवं अपनत्व देखाए उनीहरूप्रति सद्भावका साथ प्रस्तुत हुन सके दुुवै पक्षलाई फाइदा होला ।

 

तुला

साथीसंगीहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुुर्नेछ । व्यक्तिगत खुुसीका लागि खर्च हुुनसक्छ । मन साजसज्जातर्फ आकृष्ट हुुनेछ । ९ गतेसम्मको समय अनुुकूूल रहनेछ । प्रथम स्थानको वृहस्पति तथा द्वितीय स्थानको शनिको प्रभावले रिस उठ्ने, नकारात्मक विचार मनमा आउने, अरूले भनेको–गरेको राम्रो कुुरा पनि नराम्रो लाग्ने हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनेछ भने आयआर्जनका विभिन्न स्रोत फेला पर्नेछन् ।

 

वृश्चिक    

काममा सफलता मिल्नेछ । शरीर एवं मन चङ्गा रहनेछ । घर तथा माइती दुुवै पक्षसित रमाइलो समय यापन गर्ने अवसर जुट्नेछ । कसैकसैको विवाह हुुनसक्छ । चोटपटक लाग्नसक्ने भएकाले खेलकुद, भान्साको काम एवं यात्रा गर्दा सजग रहनुुहोला । मनमा भएको कुुरा परिवारलाई बुुझाउन केही कठिनाइ हुनेछ । राम्रो गर्दागर्दै पनि अपजस एवं अनपेक्षित विवाद सिर्जना हुुनसक्छ ।

 

धनु

महिनाको पहिलो साता चुुनौतीपूूर्ण भए पनि सबै काममा अपेक्षित सफलता हात पर्ला । प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । कुुनै जिम्मेवारीपूूर्ण कार्यका लागि छनोटमा परिनसक्छ । व्यक्तिगत खुुसीका लागि किनमेल हुुनेछ । आकस्मिक उपहार प्राप्त हुनेछ । आर्थिक लाभसमेत होला । दाम्पत्य जीवन सुुखमय रहनुुका साथै एक–अर्काप्रतिको माया अझ प्रगाढ हुनेछ ।

 

मकर

पारिवारिक सुुख प्राप्त हुनेछ भने काममा आकस्मिक अड्चन पैदा भए पनि समस्याको हल निस्कनेछ । नयाँ घर सर्ने योग छ । कुनै कामविशेषले यात्रा हुुनसक्छ । टाढिएका आत्मीयजनसित भेटघाट हुुनुुका साथै सम्बन्धमा सुुधार आउनेछ । श्रीमान्सँग वैचारिक मतभेद सिर्जना हुुनसक्छ । महिनाका सुरुका ९ दिन अनुुकूूल रहनेछन् भने त्यसपछिको समयमा खर्च गर्दा विशेष ध्यान पुुर्‍याउनुुपर्ने छ ।

 

कुम्भ

परिवारमा कसैलाई आकस्मिक स्वास्थ्य समस्या पर्नसक्छ । दाम्पत्य जीवनमा सामान्य खटपट देखापर्नेछ । विचारमा भिन्नता आए पनि माया र सद्भाव भने कायमै रहनेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । काममा अपेक्षाकृत सफलता हात पर्ला । प्रतियोगितात्मक कार्यमा सफल भइनेछ । आफन्त वा दाजुुभाइमा कसैलाई सन्तान लाभ हुुनेछ । कुुनै कुुराले मनमा डर पैदा गर्नसक्छ ।

 

मीन

चिन्ता हट्नेछ भने शरीर पनि स्वस्थ रहनेछ । कतै सानोतिनो यात्रामा जाने वा माइती जाने मुड बन्नसक्छ । खानपानका साथै आहारविहारमा सजग रहनुुहोला । कसैको कुुरामा राम्रोसँग चिन्तन–मनन गरी प्रत्युुत्तर दिनसके सम्भावित विवाद एवं अपजसबाट जोगिन सकिनेछ । सकेसम्म तटस्थ रहनुुमै आफ्नो भलो छ । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्यका निम्ति केही समय छुुट्याउनुुपर्नेछ ।

 Image