Successfully Copied

पत्रकार महिलाका लागि विशेष कार्यक्रम

‘पत्रकार महिलाका हक–हितका लागि महासंघले विशेष कार्यक्रम बनाउने तयारी गरेको छ’ अध्यक्ष आचार्यले भने–संचारिका समूहले तय गरेका पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि महासंघले समन्वय गरेर अघि बढाउँछ ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघले पत्रकार महिलाको दक्षता अभिवृद्धि एवं हकहितका लागि विशेष कार्यक्रम संचालन गर्ने बताएका छन् । गत महिना संचारिका समूहको २१ औं साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष आचार्यले महासंघले समाचार कक्षलाई समावेशी बनाउन तथा संचार क्षेत्रको नीति निर्माण तहमा विशेष कार्यक्रम समावेश गर्न पहल गरिने कुरा बताएका हुन् ।

‘पत्रकार महिलाका हक–हितका लागि महासंघले विशेष कार्यक्रम बनाउने तयारी गरेको छ’ अध्यक्ष आचार्यले भने–संचारिका समूहले तय गरेका पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि महासंघले समन्वय गरेर अघि बढाउँछ । त्यसैगरी कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार महिलाको संख्या बढ्दै गएको बताउँदै कुरा अबको चुनौती पत्रकार महिलाको गुणात्मक अभिवृद्धि गर्नु रहेको कुरा उल्लेख गरे ।

उनले पत्रकार महिलाले पेसालाई निरन्तरता नदिने समस्या रहेको बताउँदै अहिले पत्रकार महिलालाई संचार क्षेत्रमा टिकाउन श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको आवश्यकता औंल्याए । कार्यक्रममा पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई पुरस्कार वितरणका साथै पत्रकार महासंघमा नवनिर्वाचित अध्यक्ष तथा महिला पदाधिकारी एवं सदस्यहरूलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा गोरखापत्र संस्थानमा निमित्त महाप्रबन्धक नियुक्त भएकी संचारिका समूहकी सल्लाहकार हरिकला अधिकारीलाई समेत सम्मान गरियो ।

 Image