Successfully Copied

आउटडोर फर्निचर कसरी छनोट गर्ने ?

पहिले यस्ता फर्निचर भारतबाट आयात गर्नुपथ्र्याे भने अहिले नेपाली मार्केटमा चीन, कोरिया, इटाली, अमेरिकादेखि नेपालमै निर्मित विभिन्न डिजाइनका फर्निचर सजिलै उपलब्ध हुन्छन् । मानिसहरू घरभित्र मात्र नबसेर केही समय बाहिर बसेर रमाइलो तथा गफगाफ गर्न मन पराउने भएकाले यस्ता फर्निचर उपयोगी साबित भएका

पहिले आउटडोर फर्निचर एकदमै लक्जरी, रिच एवं स्टाटसको प्रतीक मानिन्थ्यो । हिजोआज बजारमा धेरै ब्रान्डका गुणस्तरीय आउटडोर फर्निचरहरू सुपथ मूल्यमा पाइन्छन् तसर्थ सामान्य मानिसले पनि सानो घरबाहिर आउटडोर फर्निचर प्रयोग गर्न सक्छन् ।

पहिले यस्ता फर्निचर भारतबाट आयात गर्नुपथ्र्याे भने अहिले नेपाली मार्केटमा चीन, कोरिया, इटाली, अमेरिकादेखि नेपालमै निर्मित विभिन्न डिजाइनका फर्निचर सजिलै उपलब्ध हुन्छन् । मानिसहरू घरभित्र मात्र नबसेर केही समय बाहिर बसेर रमाइलो तथा गफगाफ गर्न मन पराउने भएकाले यस्ता फर्निचर उपयोगी साबित भएका छन् ।

आउटडोर फर्निचर खरिद गर्दा सजगता अपनाउनु जरुरी छ । आउटडोर फर्निचरमा मौसमको असर पर्ने भएकाले सानातिना कुराहरूलाई ध्यानमा राख्नुपर्छ ।

मौसम : यस्ता फर्निचर छनोट गर्दा घाम, पानीले सकभर नबिग्रने किसिमका छनोट गर्नुपर्छ । बाहिर राख्न रड आइरन एवं आल्मुनियम फर्निचर उपयुक्त हुन्छन् । वुडन फर्निचर उपयुक्त हुँदैनन् ।

स्थान : आउटडोर फर्निचर खरिद गर्दा वा प्लान गर्दा स्पेस वा एरियाको सेटिङलाई विशेष ध्यानमा राख्नुपर्छ । एरिया बंगलाको गार्डेन वा स्वीमिङ पुलको वरिपरि मात्र हुँदैन । त्यो सानो बल्कोनी वा प्राइभेट टेरेस पनि हुनसक्छ र त्यसलाई पनि राम्रो आउटडोर सिटिङ एरियाका रूपमा प्रयोग गर्न सकिन्छ । टेरेसमा आउटडोर सिटिङका साथै बार एरिया राख्ने चलन छ । प्रमुख कुरा के भने बार एरिया होस् वा सिटिङ एरिया, हिँड्ने ठाउँ पर्याप्त हुनु जरुरी छ ।

फ्लोरिङ : यस्ता फर्निचर एरेन्ज गर्नुअघि फ्लोरिङ के–कस्तो राख्ने पहिले नै निर्णय गर्नुपर्छ । स्टोन फ्लोरिङ मेन्टेन गर्न पनि सजिलो र नचिप्लिने हुनाले निकै उपयुक्त हुन्छ । हेर्दा प्राकृतिक र सुन्दर समेत देखिने भएकाले स्टोन फ्लोरिङ आउटडोर स्पेसका लागि राम्रो हुन्छ ।

मेटेरियल : हेर्दा राम्रो मेटेरियल मात्र छान्नुभन्दा बलियो, मेन्टिनेन्स गर्न सजिलो तथा आफ्नो बजेटअनुकूल होस् भन्ने कुरामा ध्यान दिनुपर्छ । आल्मुनियम तथा रड फर्निचर टिकाउ पनि हुन्छन् ।

आरामदायी : आउटडोर सिटिङलाई आराम गर्ने क्षेत्रका रूपमा पनि लिइन्छ । त्यसैले फर्निचर एकदमै आरामदायक हुनु आवश्यक छ । सन लक्कर र रक्कर चियरहरू एकदमै सजिला फर्निचर हुन् । त्यसमा आफ्नो रुचिअनुसार कुसनसमेत राख्न सकिन्छ ।

मेन्टिनेन्स : लिनसिड ओयलको कोटिङले सुरक्षाका साथै प्राकृतिक काठको रंग प्रदान गर्छ । आउटडोर फर्निचरलाई नियमित रूपमा सफा गर्नुपर्छ । आल्मुनियमका फर्निचरलाई पानी र भेनेगर वा सोलुसनमा एउटा कपडा भिजाएर हल्का चिसो हुने गरी पुछ्न सकिन्छ । यसरी पुछ्नुअघि सबै धूलो सफा गर्नुपर्छ अन्यथा स्क्राच हुनसक्छ । रड आइरन फर्निचरलाई ब्ल्याक जापान वा इनामेल पोलिस टच गर्दा राम्रो देखिन्छ । राति आउटडोर मेच तथा टेबुललाई हल्का ढल्काएर राख्नुपर्छ अन्यथा शीत चुहिएर फर्निचरमा खिया लाग्ने सम्भावना हुन्छ ।

- सपना भुसाल

इन्टेरियर डिजाइनर

 Image