Successfully Copied

खसीको खुट्टाको सुप

खसीको सुप नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो सुप बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार

खसीको सुप नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो सुप बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ ।

सामग्री: एउटा खसीका चारवटा खुट्टा, बेसार एक चम्चा, तेल दुई चम्चा, जिराको धूलो आधा चम्चा, धनियाँको धूलो आधा चम्चा, लसुनको लेदो आधा चम्चा, अदुवाको लेदो आधा चम्चा, मुंगको दाल पचास ग्राम, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार ।

विधि: खसीको खुट्टालाई सफा गरेर स–साना टुक्रा बनाउने । प्रेसर कुकरमा तेलमा भुट्ने । त्यसपछि सबै मसला हालेर एकछिन भुट्ने । अब मुंगको भिजाएको दाल हालेर खुट्टासँगै एकछिन भुट्ने । अन्त्यमा आवश्यक मात्रामा पानी हालेर खुट्टाका टुक्राहरू गल्दासम्म सिटी लगाएर पकाउने । राम्रोसँग पाकेपछि निकालेर एउटा कचौरामा राखी हरियो धनियाँ छर्केर सर्भ गर्ने ।

 Image