Successfully Copied

दुर्वव्यबहारबाट आत्मरक्षाका लागि तयार किशोरीहरु

किशोरीहरु माथी हुनसक्ने दुर्घटना तथा दुर्वव्यबहारबाट जोगिनको लागि कपिलवस्तुमा शुरु भएको ५ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । जिल्लामा किशोरीहरु माथी हुने जवरजस्ती करणी, बलत्कार, जस्ता कृयाकलाप बढिरहेको बेला यस्तो तालिमको आयोजना गरिएको हो ।

तालिममा जिल्लाका विभिन्न समुदायका ५३ जना किशोरीहरुको सहभागिता रहेको थियो । परित्राणको आयोजना एवं युके एड तथा  सर्च फर कमन ग्राउण्डको सहयोगमा  भएको आत्मरक्षा तालिम  ५ दिन संचालन गरीएको थियो  । यस अघि पनि जुरी नेपालले किशोरीहरुलाई आत्मरक्षाको तालिम दिएको थियो । तालिम समापनको अवसरमा बोल्दै प्रहरी उपरिक्षक भोजजङ्ग शाहले किशोरीहरुका लागि आत्मरक्षा तालिमले यौनहिंसा रोक्न मद्दत मिल्ने बताएका थिए । उनले तालिमप्राप्त किशोरीहरुलाइ सिकेका कुराहरुलाई परेको वेलामा व्यवहारमा उर्तान समेत उनले  आग्रह गरे ।

कार्यक्रममा महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले  आत्मरक्षा तालिम सबै महिलाहरुका लागि आवश्यक रहेको जनाइन ।  समाजको अगाडि बोल्न डराउने मधेशी समुदायका किशोरीहरु आत्मरक्षाको तालिममा सहभागी भई आफुहरुले निकै महत्वपुर्ण कुराहरु सिकेको बताएका छन ।

 Image