Successfully Copied

मङ्गोलियन आझ्खाको ढकनीको शल्यक्रिया

सिलाइएको भाग नयाँ बनाइएको आँखाको ढकनीको रेखाभित्र छोपिएर बस्छ । टाँका सामान्यत: शल्यक्रिया गरेको ७ देखि १० दिनभित्र खोलिन्छ । यो शल्यक्रियाका लागि करिब एक घन्टा लाग्छ । यो शल्यक्रिया छाला लठ्याउने सुई लगाएर गरिन्छ । यो शल्यक्रियाका लागि बिरामी अस्पताल भर्ना हुनुपर्दैन

-डा. जयनमान श्रेष्ठ

प्लास्टिक तथा कस्मेटिक सर्जन

कस्मेड लेजर एन्ड कस्मेटिक सर्जरी सेन्टर

सिलाइएको भाग नयाँ बनाइएको आँखाको ढकनीको रेखाभित्र छोपिएर बस्छ । टाँका सामान्यत: शल्यक्रिया गरेको ७ देखि १० दिनभित्र खोलिन्छ । यो शल्यक्रियाका लागि करिब एक घन्टा लाग्छ । यो शल्यक्रिया छाला लठ्याउने सुई लगाएर गरिन्छ । यो शल्यक्रियाका लागि बिरामी अस्पताल भर्ना हुनुपर्दैन । शल्यक्रियाको केही समयपछि बिरामी घर फर्कन सक्छन् ।

आँखाको सौन्दर्यले हाम्रो रूपलाई आकर्षक बनाउन ठूलो भूमिका खेल्छ । करिब आधाजसो मङ्गोलियनमा माथिल्लो आँखाको ढकनीको चिरा वा रेखा पूर्णरूपमा हुँदैन । त्यसमध्ये कतिपयको एकतर्फ मात्र चिरा हुन्छ वा त्यस्तो चिरा भए पनि त्यो निकै मसिनो मात्र हुन्छ । आँखाको ढकनीको चिरा नभएको आँखालाई मङ्गोलियन आँखा भनिन्छ । यस्ता रेखा नभएको आँखाको ढकनीको भाग पूरै छालाले ढाकिएको हुन्छ । फलस्वरूप आँखा साना र सुन्निएजस्ता देखिन्छन् ।

मङ्गोलियन आँखाको ढकनीको शल्यक्रिया धेरै हुने कस्मेटिक शल्यक्रियामध्येको एक हो र यो मङ्गोलियन समुदायमाझ लोकप्रिय उपचार विधि हो । मङ्गोलियन आँखा भएका कतिपय व्यक्ति आकर्षक पनि छन् तैपनि कतिपय मङ्गोलियनले आँखामा रेखा भएको बनोटको चाहना गर्छन् । आँखाको ढकनीको शल्यक्रियाले आँखा खुला हुँदा माथिल्लो आँखाको ढकनीमा देखिने खालको रेखा बनाउनुका साथै आँखालाई अझ बढी आकर्षक, कम थकित, अझ उज्यालो र ठूलो देखिने बनाउँछ भने आँखाको मेकअप गर्न अझ सजिलो बनाउँछ ।

यो शल्यक्रिया आँखाको ढकनीको थोरै मात्रामा बढी भएको छाला, छालामुनिका केही तन्तु तथा थोरै मात्रामा बोसोका तहहरू झिकेर गरिन्छ । त्यसपछि खत बस्न नदिने किसिमले सिलाइन्छ । सिलाइएको भाग नयाँ बनाइएको आँखाको ढकनीको रेखाभित्र छोपिएर बस्छ । टाँका सामान्यत: शल्यक्रिया गरेको ७ देखि १० दिनभित्र खोलिन्छ । यो शल्यक्रियाका लागि करिब एक घन्टा लाग्छ । यो शल्यक्रिया छाला लठ्याउने सुई लगाएर गरिन्छ भने बिरामी अस्पताल भर्ना हुनुपर्दैन ।

शल्यक्रियाको केही समयपछि नै बिरामी घर फर्कन सक्छन् । घाउ चाँडै निको हुने भएकाले आँखाको ढकनीको शल्यक्रिया सबैभन्दा सजिलो प्लास्टिक सर्जरीमध्येको एक शल्यक्रिया हो । यसमा थोरै मात्र पीडा हुन्छ र सुन्निने समस्या पनि कमै पाइन्छ । अधिकांश बिरामी शल्यक्रिया गरेको केही दिनपछि नै नियमित काममा फर्कन्छन् ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न प्राकृतिक आँखाको ढकनीका रेखाका आकारहरूका बारेमा एउटा व्यापक बुझाइका साथै यसका लागि आवश्यक शल्यक्रियाको सीपमा पारङ्गत हुनु आवश्यक छ । यसको मुख्य लक्ष्य प्राकृतिक देखिने खालको रेखा बनाउनु हो । यो शल्यक्रिया गर्न चाहने धेरैजसोले आफ्नो आँखाको ढकनीको रेखा प्राकृतिक एवं मङ्गोलियन बनावटका लागि सुहाउँदो होस् भन्ने चाहना राख्छन् ।

 Image