Successfully Copied

केकी अधिकारी सरल छन् : दिक्पाल कार्की

गत वर्ष थाइल्यान्डमा सम्पन्न मिस्टर ग्लोबल–२०१६ मा सहभागी दिक्पाल कार्की उत्कृष्ट ५ मा पर्न सफल भए । सानैदेखि मोडलिङ एवं अभिनयमा रुचि राख्ने दिक्पालले हालसम्म सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

दिक्पाल कार्की, मोडल तथा नायक

गत वर्ष थाइल्यान्डमा सम्पन्न मिस्टर ग्लोबल–२०१६ मा सहभागी दिक्पाल कार्की उत्कृष्ट ५ मा पर्न सफल भए । सानैदेखि मोडलिङ एवं अभिनयमा रुचि राख्ने दिक्पालले हालसम्म सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । रंग बैजनी चलचित्र मार्फत नायकका रूपमा उदाएका दिक्पाल अहिले फिलिपिन्समा हुने मिस्टर ग्रान्ड इन्टरनेसनलको तयारीमा जुटेका छन् । दर्जनौं र्‍याम्पमा हिँडिसकेका कार्की यही क्षेत्रलाई निरन्तरता दिने विचारमा छन् ।

मिस्टर ग्रान्ड इन्टरनेसनलका लागि के–कस्तो तयारी गरिरहनुभएको छ ?

थाइल्यान्डमा मिस्टर ग्लोबलमा सहभागी हुने क्रममा मैले धेरै कुरा सिकें । कस्तो तयारी गर्नुपर्दो रहेछ भन्ने बुझें । त्यसैले ३ महिनादेखि यसैमा केन्द्रित रहेर स्किन, डाइट, ड्रेसदेखि फिटनेस, एटिच्युट, हिँडाइ, बोलाइ आदिको तयारी गर्दैछु ।

त्यसो भए यस पटक अवार्ड ल्याउने तयारीमा हुनुहुन्छ ?

हरेक प्रतियोगी जित्नकै लागि सहभागी भएका हुन्छन् । जित्नु–हार्नु भन्दा पनि यस पटक ममा कन्फिडेन्ट बढेको छ । पक्कै पनि खाली हात फर्कन्न भन्ने छ ।

मोडलिङ र अभिनयमध्ये एउटालाई छान्नुपर्दा ?

सम्भवत: सक्दिन । अभिनय र मोडलिङ दुवै काम गर्ने योजना छ ।

रंग बैजनीपछि अर्काे चलचित्रमा देखिनु भएन नि ?

अफर त धेरै आए । पहिल्यै राम्रो ब्यानरको चलचित्रमा काम गरेको हुँदा त्योभन्दा कमतर्फ के जानु भनेर त्यही तहका चलचित्रको प्रस्ताव कुरिरहेको छु । मिस्टर ग्रान्डवाट फर्किएपछि यो क्षेत्रमा लाग्नेछु ।

तपाईंलाई चिनारी दिने म्युजिक भिडियो ?

शिव परियारको क्या दामी भो र धिरज राईको कि बाँच्न देऊ कि मर्न देऊ ।

काम गर्दा सजिलो लागेका नायिका ?

चलचित्रमा गरिमा पन्तसँग मात्र काम गरेको अनुभव छ तर म्युजिक भिडियोमा भने धेरै जनासँग काम गरिसकेँ । रीमा विश्वकर्मा र केकी अधिकारी सरल छन् कामका दृष्टिले ।

कोसँग अभिनय गर्ने रहर छ ?

करिश्मा मानन्धर तथा प्रियंका कार्कीसँग ।

 Image