Successfully Copied

नेपाल मेकअप कम्पिटिसन

जुम व्युटिपार्लरले यहि भाद्र ३१ गते नेपाल मेकअप कम्पिटिसन २०१७ आयोजना गर्दे छ । जसको लागि भाद्र १० र १३ गते दुई दिन प्रतियोगितामा भाग लिनको लागि अडिसन राखिएका छ । प्रतियोगितामा भाग लिन राजधानी लगायत विराटनगर, धनगढी, नारायणघाट, इटहरि, पोखरा, रामेछापवाट

जुम व्युटिपार्लरले यहि भाद्र ३१ गते नेपाल मेकअप कम्पिटिसन २०१७ आयोजना गर्दे छ । जसको लागि भाद्र १० र १३ गते दुई दिन प्रतियोगितामा भाग लिनको लागि अडिसन राखिएका छ । यस प्रतियोगितामा भाग लिन राजधानी लगायत विराटनगर, धनगढी, नारायणघाट, इटहरि, पोखरा, रामेछापवाट पनि प्रतियोगीहरु आएका छन् । अडिसनमा पार्टी , मोडल, नेचुरल थीममा मेकअप ,हेयर र ड्रेसको इभालुसन गरिने मेकअप आट्स्टि तथा आयोजक कृसब त्वाना बासु बताउँछन् ।

अडिसनवाट चुनिए पछि मिस नेपाल २००० उषा खड्गीवाट व्यक्तित्व विकास, स्टेज प।फोमेन्स, मास कम्युनिकेसन लगायतको प्रशिक्षण दिइने छ । साथै डा. नबल परियारवाट मोटिभेसनको प्रशिक्षण समेत दिइने छ । साथै आयोजकवाट मेकअप, हेयर, फोटोसुट मेकअप पनि दिइने छ । फाइनल राउण्डमा क्रियटिभ थिम र दुलही मेकअप गर्नु पर्ने छ ।   

 Image