Successfully Copied

मुना गौचनको फेसन तथा फिटनेस मन्त्र

हरेक बिहान आधा घन्टा घरमै एक्सरसाइज तथा योग गर्छु । उठ्नेबित्तिकै मनतातो पानी पिउँछु । समय मिलाएर जिम जानुका साथै सन्तुलित भोजन मात्र खान्छु । कार्बाेहाइड्रेट कम तथा प्रोटिन बढी खान्छु । हरेक दिन फ्रेस जुस पिउँछु । गर्मीमा सुन्तला र मौसमको जुस

शरीर स्वस्थ राख्न

हरेक बिहान आधा घन्टा घरमै एक्सरसाइज तथा योग गर्छु । उठ्नेबित्तिकै मनतातो पानी पिउँछु । समय मिलाएर जिम जानुका साथै सन्तुलित भोजन मात्र खान्छु । कार्बाेहाइड्रेट कम तथा प्रोटिन बढी खान्छु । हरेक दिन फ्रेस जुस पिउँछु । गर्मीमा सुन्तला र मौसमको जुस पिउँछु भने जाडोमा सुपमा जोड दिन्छु ।

सौन्दर्य कायम राख्न

म त्यति धेरै मेकअप गर्दिन । फोटोसुट तथा र्‍याम्पमा मेकअप एवं स्किन केयरका लागि ब्रान्डेड प्रसाधन प्रयोग गर्छु । सौन्दर्य कायम राख्न सकभर बढी समय दिन्छु । मनैदेखि सुन्दर हुने अनि सकारात्मक सोच राख्ने तथा सदैव खुसी हुने प्रयास गर्छु । सफासुग्घर भएर हिँड्छु ।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

सक्रिय जीवन एवं व्यस्त दिनचर्यामा मानसिक तनाव धेरै नै हुन्छ । एक त पढाइको प्रेसर, अर्काे कामको चाप । यस्तो अवस्थामा मानसिक रूपमा स्वस्थ रहन गीत सुनेर, इन्टरनेट चलाएर, फेसबुक तथा इन्स्टाग्राममा अपडेट भएर एवं पत्रपत्रिका पढेर फ्रेस हुने प्रयास गर्छु । साथीहरूसँग गेटटुगेदर तथा घुमघाम गरेर पनि मानसिक रूपमा फ्रेस हुन्छु । म एउटै दिनचर्या एवं दिक्कलाग्दो जीवनशैलीबाट मुक्त हुने प्रयास गरिरहेकी हुन्छु ।

पहिरन

क्याजुअल तर ठाउँ एवं कार्यक्रमअनुसार पहिरन च्वाइस गर्छु । फेसन स्टाइलको हेक्का राख्छु । मलाई हाफ पाइन्ट, स्कर्ट तथा जिन्स बढी मन पर्छ । म पार्टीमा नाच्न रुचाउँछु । त्यसैले नाच्न मिल्ने, सजिलो पार्टी वेयर नै छनोट गर्छु । वान पिस, जिन्स, हिल्स एवं क्रप टिसर्टमा सहज महसुस गर्छु । पार्टीमा सहभागी हुँदा कर्ल हेयर रुचाउँछु ।

एसेसरिज

रिङ, चोकर, इयररिङ आदि मनपर्छन् । अहिले नेकमा चलेको साइनिङ चोकर तथा लङ इयरिङ पनि मनपर्छ ।

फुटवेयर

 म जुत्ताको सौखिन हुँ तर एकदमै ब्रान्ड कन्सस भने होइन । लुगाभन्दा पनि जुत्ता राम्रो र सजिलो होस् भन्ने ख्याल गर्छु । हाम्रो शरीरको पूरै भार खुट्टाले थाम्ने हुँदा जुत्ता स्टाइलिस्ट भन्दा पनि सजिलो हुनुपर्ने मेरो मान्यता छ । कार्यक्रमतिर हिल्समा हिँडे पनि अरू बेला म फ्ल्याट सुजमै हुन्छु । मलाई नेक्स ब्रान्डका हिल्स तथा एडिडास र नाइकका जुत्ता मन पर्छन् ।  

ब्याग

मलाई ब्याग कलेक्सनको सोख छ । मसँग थुप्रै ब्याग छन् । । वाइएसएल, डियोर तथा प्राडा ब्रान्डका ब्याग बढी मनपर्छन् ।

 Image