Successfully Copied

लविज ब्युटी लन्ज एन्ड ट्रेनिङ सेन्टर

दुबईबाट मेकअप तथा ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण एवं कामको अनुभव बोकेर नेपाल फर्किएकी सौन्दर्यकर्मी लक्ष्मी थापा श्रेष्ठले खिचापोखरीमा लविज ब्युटी लन्ज एन्ड ट्रेनिङ सेन्टरको स्थापना गरेकी छिन् । लविजमा नयाँ–नयाँ ब्युटी टेक्निक तथा सेवा प्रदान गरिन्छ ।

आउटलेट : खिचापोखरी

विशेषता : नयाँ–नयाँ ब्युटी टेक्निक सेवा उपलब्ध

दुबईबाट मेकअप तथा ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण एवं कामको अनुभव बोकेर नेपाल फर्किएकी सौन्दर्यकर्मी लक्ष्मी थापा श्रेष्ठले खिचापोखरीमा लविज ब्युटी लन्ज एन्ड ट्रेनिङ सेन्टरको स्थापना गरेकी छिन् । लविजमा नयाँ–नयाँ ब्युटी टेक्निक तथा सेवा प्रदान गरिन्छ ।

यहाँ माइक्रोब्लेडिङ, सेमी परमानेन्ट आइब्रो टाटुज, आइलाइसिस एक्सटेन्सन, आइलाइसिस टिनिङ, फ्रुट फेसियल, हेयर केयर, स्टाइल तथा मेकअप आदि उपलब्ध छन् । यहाँ १८ वर्ष उमेर पुगेकाले मात्र गर्न मिल्ने माइक्रो ब्लेडिङ ग्राहकको मेडिकल फायल हेरेपछि मात्र गरिन्छ । यहाँको हेयर कलरिङ, हेयर स्पा, कटिङदेखि मेकअपसम्म धेरैले रुचाइरहेको लक्ष्मी बताउँछिन् ।

 Image